माइक्रोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

माइक्रोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सुन्नुहोस्

चितवन : चितवनमा माइक्रोको ठक्‍करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। 

रुपन्देही कञ्चनजंगा नगरपालिका-१ का ३६ वर्षीय हेमन्त कुमालको मृत्यु भएको चितवन प्रहरी प्रवक्ता डीएसपी विजय पण्डितले बताए। उनको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो। 

बुटवलबाट काठमाडौं तर्फ जाँदै गरेको बा ३ ख ९४६० नम्बरको माइक्रो र विपरीत दिशा तर्फ आउँदै गरेको लु९३प ९४६ नम्बरको मोटरसाइकल आइतबार दिउँसो दुई बजे इच्छाकामना गाउँपालिका-४ केवलकारस्थित पृथ्वी राजमार्गमा आपसमा ठोक्किएको हो। 

दुवै सवारी साधन कुरिन्टार प्रहरी चौकीको नियन्त्रणमा रहेको छ। मकवानपुरको कैलाश गाउँपालिका- २ का २८ वर्षीय लुम्नसिंह मोक्तान इलाका प्रहरी कार्यालय मुग्लिङको  नियन्त्रणमा छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.