सन्धिखर्कमा खेतीयोग्य जमिन बाझो राखे दोब्बर तिरो तिर्नुपर्ने

सन्धिखर्कमा खेतीयोग्य जमिन बाझो राखे दोब्बर तिरो तिर्नुपर्ने

सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा कृषियोग्य जमिन बाझो राखेमा दोब्बर रकम तिर्नुपर्ने भएको छ।

नगरपालिकामा कृषि उत्पादन बढाउन खेतीयोग्य जमिन बाझो राखेको खण्डमा दोब्बर रकम तिरो तिर्नुपर्ने नीति तथा कार्यक्रम पास गरिएको छ।

नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले आइतबार आगामी वर्ष २०८०/८१ लागि कृषि, पशुपालन र पर्यटनलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।

कृषि र पशुपालनबाट हुने उत्पादनमा अनुदानको व्यवस्थापन गर्ने, कम लागतमा बढी उत्पादन गर्न यान्त्रिकीकरण र आधुनिकीकरण गर्न लगायतका कार्यक्रम गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ। 

सुपा देउरालीमा आएका धार्मिक पर्यटकलाई सन्धिखर्क बजार हुदै एसियाकै सबैभन्दा ठूलो भगवती देवीको मुर्ति भएको स्थान अर्घा भगवती मन्दिर र अर्घा दरवारमा लैजान निजी क्षेत्रसँग सहकार्य गरेर सार्वजनिक यातायात सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए।

उपप्रमुख मिश्रा आचार्यले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि कृषि ,पशुपालन र पर्यटनलाई प्राथमिकतामा राखेर एक अर्ब एक करोड ४५ लाखको बजेट पेश गरिन्।

जसमा पुँजीगत खर्च ३२ करोड, चालू खर्च  ५१ करोड ४५ लाख र सामाजिक सुरक्षा खर्च १८ करोड रहेको छ। आज प्रस्तुत भएको बजेट १३ गते बस्ने नगरसभाले पास गर्ने छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.