सप्तरी प्रिमियर लिगको फाइनलमा खडक वारियर्स र कञ्चनरुप राइनोज

सप्तरी प्रिमियर लिगको फाइनलमा खडक वारियर्स र कञ्चनरुप राइनोज

राजविराज : राजविराजमा जारी सप्तरी प्रिमियर लिगको पाँचौ संस्करणको उपाधिका लागि बजाज खडक वारियर्स र कञ्चनरुप राइनोजबीच सोमबार प्रतिस्पर्धा हुनेछ। 

पब्लिक विन्देश्वरी क्रिकेट मैदानमा आइतबार सम्पन्न जित्नै पर्ने खेलमा कञ्चनरुप राइनोजले बजाज खडक वारियर्सलाई ३ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको हो। लिगको अन्तिम खेलमा वारियर्सले दिएको ६३ रनको लक्ष्य राइनोजले ७ विकेट गुमाउँदै १२.१ ओभरमा पूरा गर्‍यो।
खडक वारियर्सले उपाधिका लागि यस अघिनै फाइनलमा स्थान पक्का गरिसकेको छ। लिग चरणको सम्पूर्ण खेलहरू समाप्त हुँदा खडक वारियर्स ५ खेलमा ४ जित पछि ८ अंक सहित शीर्ष स्थानमा रह्यो। 

कञ्चनरुप राइनोज, छिन्नमस्ता लायन्स र रुपनी राइडर्सको समान ६ अंक रहेता पनि नेट रन रेटमा अघि रहँदै कञ्चनरुप फाइनल प्रवेश गरेको हो। छिन्नमस्ता तेस्रो, रुपनी राइडर्स चौंथो स्थानमा रह्यो। बलान बिहुल ४ अंक सहित पाँचौ स्थानमा रहंदा डिफेन्डिङ च्याम्पियन राजविराज द किंग जितविहिन रहँदै पुछारमा रह्यो।  

आइतबारको खेलमा कञ्चनरुपको ब्याटिङमा राशिद खानले सर्वाधिक ३२ रन योगदान दिए। राशिदले २५ बलमा १ चौका र ३ छक्का प्रहार गरे। खराब सुरुवात गरेको राइनोजले २१ रन बनाउँदा ६ विकेट गुमाएको थियो। उक्त अवस्थामा आठौँ नम्बरमा ब्याटिङ गर्दै राशिदले टिमलाई जितसम्म पुर्याए। वारियर्सका बलर दिनेश अधिकारीले ४ विकेट लिएता पनि जित्न पर्याप्त रहेन। 

यस अघि टस हारेर ब्याटिङ गरेको बजाज खडक वारियर्सले १४.३ ओभरमा ६२ रनमा सबै विकेट गुमाएको थियो। वारियर्सका लागि बिशाल सुश्लिंगले सर्वाधिक २४ रन बनाए। प्लेयर अफ द म्याच घोषित कञ्चनरुपको राशिदले ४ विकेट पनि लिए। 

जुन क्रममा ४ ओभरमा मात्र १२ रन खर्चिए। पप्पु यादवले २ तथा चित्र बिस्ट, नारायण जोशी र सुमित श्रेष्ठले १-१ विकेट लिए।

आइतबारनै सम्पन्न पहिलो खेलमा छिन्नमस्ता लायन्सले बलान बिहुल सुपर किंग्सलाई २६ रनले पराजित गर्‍यो। १२५ रनको लक्ष्य पछ्याउने क्रममा बलान बिहुलले १६.४ ओभरमा ९८ रनमा सबै विकेट गुमायो।

बलान बिहुलका लागि कप्तान पवन सर्राफले सर्वाधिक २५ रनको योगदान दिए। छिन्नमस्ताका बलर नितेश यादवले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा १९ रन खर्चिए। यादव प्लेयर अफ द म्याच समेत घोषित भए। यस्तै रेवती रे र पप्पु यादवले २-२ तथा कमल खत्री र शरद भेसवाकरले १-१ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ गरेको छिन्नमस्ता लायन्सले निर्धारित २० ओभरमा ८ विकेट क्षतीमा १२४ रन बनायो। उसका लागि कप्तान शरद भेसवाकरले सर्वाधिक ४७ रन बनाए। जुन क्रममा उनले अविजित रहँदै ४३ बलमा ५ चौका र १ छक्का प्रहार गरे। शुभ कंसाकारले २० तथा राहुल मण्डलले १४ रन बनाए। बलान बिहुलका बलर रुपेश सिंह र रोबिन सिंहले २-२ तथा बसिर अहमद, पवन सर्राफ र विकास दासले १-१ विकेट लिए।

सप्तरी क्रिकेट संघद्वारा आयोजित प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ, उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। 

यस्तै प्लेयर अफ द सिरिजले २५ हजार रुपैयाँ, उत्कृष्ट ब्याटर र बलरले १५ हजार रुपैयाँ तथा उदीयमान खेलाडीले क्रिकेट किट प्राप्त गर्ने संघका अध्यक्ष आयुष श्रेष्ठले जानकारी गराए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.