ललिता निवास जग्गा प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ

ललिता निवास जग्गा प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ
फाइल तस्बिर।

काठमाडौं : ललिता निवास प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सु्धीरकुमार शाह पक्राउ परेका छन्। सरकारी पदमा रहदा ललिता निवासको जग्गा हिनामिना गर्ने कार्यमा संलग्न रहेको शाहमाथि आरोप छ।

उनलाई आजै काठमाडौंबाट पक्राउ गरेको सीआइबीका प्रमुख किरण बज्राचार्यले जानकारी दिए। आजै प्रहरीले सोही प्रकरणमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरूङसहित ६ जनालाई पक्राउ गरेको छ।

उनीहरूलाई म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यलयमा लगिएको छ।

सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी गरेको आरोपमा प्रहरीले कारबाही अघि बढाएको हो।

विसं २०४९ देखि २०६९ सम्ममा ललिता निवासको जग्गा लिखत कीर्ते गरी हिनामिना भएको सार्वजनिक भएको थियो । सोही प्रकरणमा सीआईवीले अनुसन्धान गरिरहेको छ ।

यसैक्रममा शाह पक्राउ परेका हुन्।

उक्त घटनाको सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छुट्टै अनुसन्धान गरेर एक सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । हाल उक्त मुद्दा विचाराधीन छ ।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.