अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान

अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान
सुन्नुहोस्

नुवाकोट : नुवाकोटको मझुवाकी एक जना फरक क्षमताकी युवतीलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ ।  तारकेश्वर गाउँपालिका ६ गुरासे मझुवा घर भएकी शारीरिकक तथा मानसिक रुपमा अशक्त २१ वर्षीया सन्तोषी रिमाललाई जिल्ला प्रशासन कार्यालय नुवाकोटले मंगलबार घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको हो । 

प्रमुख जिल्ला अधिकारी किरण थापाको नेतृत्वमा गएको टोलीले नागरिकताको प्रमाणपत्र प्रदान गरेको हो । 

तोयावहादुर रिमालका चार छोरी र एक छोरामध्ये कान्छी छोरी सन्तोषी रिमालको जन्म २०५८ साल पुस १२ गते भएको हो । उनलाई तारकेश्वर ६ का वडाध्यक्ष नारायण रिमालले आवश्यक कागजपत्रसहित जिल्ला प्रशासन कार्यालय नुवाकोटलाई एक महिना अगाडि नेपाली नागरिकताको लागि सिफारिस गरेका आधारमा नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो  ।

नागरिकता पाएपछि खुसी हुदै सन्तोषीका परिवारजनले उनलाई अपांगता प्रोत्साहन भत्ता र अन्य सुविधाका लागि सहजता भएको बताएका छन् । 

विदुरस्थित जिल्ला प्रशासन कार्यालय आउन असमर्थ रहेका अशक्त व्यक्तिलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्ने अभियान सञ्चालन गरिएको सहायक प्रजिअ वेदनिधि अधिकारीको भनाई छ ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.