बाढीले दोलखाको खारेमा २ वटा घर पूर्णरुपले क्षति, १५ परिवार विस्थापित
दोलखा : बुधबार राती परेको अविरल वर्षाले दोलखाको गौरीशंकर गाउँपालिका–८, खारे मन्थलीको मन्थली खोलामा बाढी आउँदा २ वटा घरमा पूर्ण रुपले क्षति पर्याइएको छ भने १५ परिवार विस्तापित भएका छन् ।
बाढीका कारण जोखिममा परेका घरका स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ । तत्कालका लागि विस्थापितहरूलाई आफन्त र छिमेकीको घरमा बासको व्यवस्थापन गरेको वडाध्यक्ष दावा रिञ्जी शेर्पाले बताए ।
बाढीले विद्युतका पोल बगाएको छ । विद्युत् सेवा, टेलिफोन सेवा अवरुद्ध भएको उनले बताए । पहिरोमा मानवीय क्षति भने नभएको वडाध्यक्ष दावा रिञ्जी शेर्पाले जानकारी दिए । पहिरोले ६ वटा बाख्रा पुरिएको छ भने तामाकोशी सडक खण्ड अवरुद्ध रहेको स्थानीयले बताएका छन् ।