तिनाउ नदीले खतराको तह पार गर्यो, सतर्कता अपनाउन आग्रह
काठमाडौं : गएराति देखिको अविरल वर्षापछि तिनाउ नदीले खतराको तह पार गरेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार तिनाउ नदीले जलसतह खतरा तह पार गरेको हो।
बाढी बढ्ने क्रममा रहेको छ। बुटवल आसपासमा पनि हाल खतरा रहेको छ।
महाशाखाका अनुसार तिनाउ नदीको माथिल्लो भागमा वर्षा भइरहेकाले तटीय क्षेत्र र आसपासमा डुबान हुनसक्ने सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस !