स्कटल्यान्डविरुद्ध टस हारेर ब्याटिङ गर्दै वेस्ट इन्डिज

स्कटल्यान्डविरुद्ध टस हारेर ब्याटिङ गर्दै वेस्ट इन्डिज
सुन्नुहोस्

हरारे: आईसीसी एकदिवसीय विश्वकपको ग्लोबल छनोटअन्तर्गत सुपरसिक्समा स्कटल्यान्डविरुद्ध टस हारेर वेस्ट इन्डिजले ब्याटिङ थालेको छ।

जिम्बाब्वेको हरारे स्पोर्ट्स क्लबमा टस जितेर स्कटल्यान्डका रिची बेरिङ्टनले फिल्डिङ रोजेका हुन्। सुरुआती दुई खेलमा पराजित वेस्ट इन्डिज विश्वकपमा स्थान बनाउन आजको खेल जित्नै पर्ने दबाबमा छ।

यस्तै, दुईमध्ये एक खेलमा हार बेहोरेको स्कटल्यान्ड पनि जित निकाल्दै विश्वकप छनोटको सम्भावना प्रवल बनाउन चाहन्छ।

वेस्ट इन्डिजले १० ओभर सकिँदा चार विकेट गुमाएर ४३ रन बनाएको छ। स्कटल्यान्डका लागि ब्रान्डोन म्याकमुलेनले तीन तथा क्रिस सोलले एक विकेट लिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.