कांग्रेस सत्ताका लागि जे पनि गर्छ भन्ने छाप परेको छ : महामन्त्री थापा

कांग्रेस सत्ताका लागि जे पनि गर्छ भन्ने छाप परेको छ : महामन्त्री थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको नीति अधिवेशनबाट चुनावी गठबन्धनका विषयमा स्पष्ट पार्नुपर्ने बताएका छन्।

नेपाली कांग्रेस दोलखा काठमाडौं सम्पर्क समितिको सम्मेलनलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेस सत्ताका लागि जे पनि गर्ने भनेर छाप परेको भन्दै यसलाई परिवर्तन गर्नका लागि नीति अधिवेशनबाट चुनावी गठबन्धनका बिषयमा स्पष्ट पार्नुपर्ने बताए।

उनले चुनावपछिको गठबन्धन स्वभाविक भए पनि चुनावअघिको गठबन्धनका कारण कांग्रेस कमजोर बन्दै गएको बताए। 

थापाले स्थानीयलगायत सबै निर्वाचन हुनुभन्दा छ महिनाअघि नै सम्बन्धित भेला बोलाएर आफ्नो उम्मेदवार छान्ने अधिकार विधानमा नै उल्लेख गर्नुपर्ने बताए। उनले पार्टीको मुख्य कुरा नेतृत्व भएको भन्दै नेतृत्वले सही निर्णय लिन नसक्दा त्यसको असर समग्र रुपमा पार्टीमा पर्ने जिकिर गरे। 

उनले कांग्रेस बदल्न प्रत्येक सदस्य बदलिन तयार हुनुपर्ने भन्दै आफू बदलिएर देश बदल्ने अभियानमा जुट्न आह्वान गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.