जोगबुढा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण
डडेलधुरा: डडेलधुराको जोगबुडा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत स्वास्थ्य निर्देशनालयबाट प्राप्त भएको एम्बुलेन्स प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले हस्तान्तरण गरेका हुन्।
प्रमुख जिल्ला अधिकारी न्यौपानेले अस्पताल विकास समितिका अध्यक्ष समेत रहेका परशुराम नगरपालिकाका मेयर भरत वडायर जोशीलाई उक्त एम्बुलेन्सको साँचो हस्तान्तरण गरे।
प्रतिक्रिया दिनुहोस !