सहचालकको मृत्यु प्रकरण : दोषीमाथि कारबाहीको माग गर्दै दोलखा सिँगटी सडकखण्ड अवरुद्ध

सहचालकको मृत्यु प्रकरण : दोषीमाथि कारबाहीको माग गर्दै दोलखा सिँगटी सडकखण्ड अवरुद्ध
दोषीमाथि कारबाहीको माग गर्दै सडकमा नाराबाजी गरिरहेका मृतक नारायणबहादुर खत्रीका आफन्त। तस्बिर : अन्नपूर्ण

दोलखा : मृत भेटिएका बा २ ख ८३९ नम्बरका बसका सहचालक  ४५ वर्षीय नारायणबहादुर खत्रीका आफन्तहरूले दोलखा– सिंगटी सडक अवरुद्ध पारेका छन् ।  दोषीमाथि कारबाहीको माग गर्दै मृतकका आफन्तले आज दोलखा– सिंगटी सडक अवरुद्ध पारेका छन् ।

गौरीशंकर गाउँपालिका–३ महताराका ४५ वर्षीय खत्रीका परिवारले उचित क्षतिपूर्ति पाउनुपर्ने र दोषिमाथि कारबाही हुनुपर्ने माग गर्दै बञ्चरेमा नाराबाजी गरिरहेका छन् । खत्रीको टाउको र शरीरका विभिन्न भागमा चोटपटक लागेको अवस्थामा केही दिनअघि शव फेला परेपछि उनका आफन्तजनले घटना शंकास्पद रहेको भन्दै दोषिमाथि कारबाही माग गरेका हुन् ।

यसअघि असार १५ गते पनि दिनभर मृतकका आफन्तजनले दोलखा–सिंगटी सडकखण्ड अवरुद्ध पारेका थिए । प्रहरीले घटना लगत्तै बसका तीनजना कर्मचारीलाई नियन्त्रणमा लिएको छ । उनीहरू हाल जिल्ला प्रहरी कार्यालय दोलखाको नियन्त्रणमा रहेको दोलखाका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिए ।

 उनका अनुसार खत्रीको शव अझै आफन्तजनले बुझेका छैनन् । उनको शव दुई दिनदेखि पशुपति चौंलागाई स्मृति अस्पतालको शव गृहमा राखिएको छ । सडक अवरुद्ध भएपछि सिंगटीबाट चरिकोट आउने र चरिकोटबाट सिंगटीतर्फ जाने सवारीका साधन बीच बाटोमै रोकिएका छन्  ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.