कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापालाई अघि बढाउने कांग्रेसको निर्णय

कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापालाई अघि बढाउने कांग्रेसको निर्णय

इलाम : नेपाली कांग्रेसले कोशी प्रदेशको मुख्यमन्त्रीमा प्रदेश सभापति उद्धव थापालाई अगाडि बढाउने निर्णय गरेको छ। 

कोशी प्रदेश कार्यसमितिको आइतबार बसेको बैठकले थापालाई मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरेको उपसभापति रमेशजंग रायमाझीले जानकारी दिए।

नेकपा (एमाले)को नेतृत्वमा रहेको सरकार ढलेपछि सत्ता साझेदार दलहरूबीच कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा छलफल चलिरहेका बेला कांग्रेसले मुख्यमन्त्रीमा थापालाई अगाडि बढाएको हो। 

‘मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वमा रहेको सरकारले विश्वासको मत पाउन नसकेपछि स्वाभाविक रूपमा गठबन्धनमा रहेको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस हो। त्यसैले पहिलो पटक कांग्रेस नेतृत्वको सरकार बन्छ। त्यसको नेतृत्व कांग्रेस कोशी प्रदेश सभापति एवम दलका नेता उद्धव थापाले गर्नुहुनेछ,’ उपसभापति रायमाझीले बैठकको निर्णय सुनाउँदै भने, ‘यसका लागि केन्द्रीय नेतृत्वसँग पनि छलफल गर्नेछौं साथै सत्ता साझेदार दलहरूबीच निरन्तर संवाद भइरहेको छ।

सभापति थापाको अध्यक्षतामा बसेको बैठकमा उपसभापति रायमाझी र टंक राई, महामन्त्रीहरू भुपेन्द्र राई र टंक थापा, सहमहामन्त्रीहरू विनोद कुमार बस्नेत, खड्ग फागो र प्रमिला गच्छदार साथै कोषाध्यक्ष राजेश गुप्ता सहभागी थिए। 

कोशीमा नयाँ सरकार गठनको गृहकार्य सुरु भएसँगै दलहरूले आ-आफ्नै नेतृत्वमा सरकार बनाउन कसरत गरिरहेका छन्। ९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ प्रदेशसभा सदस्य चाहिन्छ।

कांग्रेसका २९, माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका ४ र जसपाका एकजना प्रदेशसभा सदस्य छन् भने एमालेका ४० र राप्रपाका ६ सदस्य छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.