सोसल मिडियामा गाली गरेकै भरमा राजनीतिक कोर्सलाई दायाँबायाँ गर्न खोज्ने प्रवृति बढ्यो : प्रचण्ड


काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोसल मिडियामा गाली गरेकै भरमा देशको राजनीतिक कोर्सलाई दायाँबायाँ गर्न खोज्ने प्रवृति बढेको बताएका छन्। गिरिजाप्रसाद कोइरालाको शतवार्षिक समारोहलाई सोमबार सम्बोधन गर्दै उनले देशभित्र अहिले अराजकता बढेको बताएका हुन्।

‘बलिदानको बलमा प्राप्त भएको परिवर्तन अहिले विचारको आवश्यकताको महसुस नगर्ने र सिद्धान्त र राजनीतिक एजेण्डामा केन्द्रीत हुन पर्ने नपर्ने, सोसल मिडियामा गाली गरेकै भरमा देशको राजनीतिक कोर्सलाई दायाँबायाँ गर्न खोज्ने जुन प्रवृति देखिएको छ।’ प्रधानमन्त्री प्रचण्डले भने, ‘हामीले आत्मसमीक्षा गरेर फेरि एउटा नयाँ इच्छाशक्तिसहित राष्ट्र र जनताको जीवन बदल्न हो पहल नगर्ने हो भने हेलचेक्याई गर्ने हो भने सिस्टम नै कोल्याप्स हुन्छ।’

null

उनले हाम्रोभन्दा राम्रो एजेण्डा र विचार लिएर जनताको जीवन परिवर्तन गर्न आउने हो भने ठाउँ छाड्न कुनै गाह्रो नभएपनि हजारौं पटक विचार गर्दा त्यस्तो स्थिति नभएको बताए। 

उनले भने,‘हामीले अरुलाई होइन आफैलाई हेर्दा चाहिँ हामीले व्यवस्था बदल्न जुन शाहस गर्यौं, हामीले जनताको र राष्ट्रको अवस्था बदल्न त्यति नै साहस र इच्छा शक्ति प्रदर्शन गर्न सकेनौं सबैभन्दा पहिला हामीले आत्मसमीक्षा गर्न जरुरी छ। हामी आत्मसमीक्षा गरेर व्यवस्थाका साथसाथै अवस्था बदल्न गुणात्मक ढंगले अगाडि बढ्नुपर्छ, काम गर्नुपर्छ।’ 

प्रधानमन्त्री प्रचण्डले शान्ति र गणतन्त्रको रक्षा गर्ने कुरामा आफ्नो जिम्मेवारी र दायित्त्व धेरै ठूलो छ भन्ने प्रेरणाको स्रोत गिरीजा प्रसाद कोइराला रहेको बताए। कोइरालाको पार्थिव शरिर अगाडि बसेको समयमा गरेको संकल्प छिट्टै बिर्सिएर पुरातनतिर जान खोज्ने सोच केहो भन्ने प्रश्न रहेको ‍ बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.