सहकारीको रकम हिनामिना गर्नेलाई कारबाहीको माग गर्दै गाउँपालिकालाई ज्ञापनपत्र

सहकारीको रकम हिनामिना गर्नेलाई कारबाहीको माग गर्दै गाउँपालिकालाई ज्ञापनपत्र

झापा : साना किसान कृषि सहकारी संस्थाको रकम हिनामिना गर्नेलाई कारबाहीको माग गर्दै गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ। 

दक्षिणी झापाको कचनकवल गाउँपालिका– ७ बालुवाडीस्थित साना किसान कृषि सहकारी संस्थाको रकम हिनामिना गर्नेलाई कानुन बमोजिम कडा कारबाहीको माग गर्दै नेकपा (माओवादी केन्द्र) कचनकवलले गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको हो। 

सहकारी संस्थाका प्रबन्धक युवराज खत्रीले करिब दुई करोड रकम हिनामिना गरी फरार रहेकोले उनलाई प्रहरी लगाएर तत्काल पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने माग राख्दै नेकपा (माओवादी केन्द्र) कचनकवलका अध्यक्ष शुकराज लिम्बु (किरण) र सचिव मोती राजवंशीले गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीलाई मंगलबार सो ज्ञापनपत्र बुझाएका हुन्। 

ज्ञापनपत्रमा भनिएको छ, 'गाउँपालिकाका गरिब, निमुखा किसानहरूले आफ्नो छाक काटेर सहकारीमा जम्मा गरेको बचत रकम फिर्ता लिन जाँदा नपाएको भनी पीडितहरूको गुनासो गरेको छ। साथै संस्थाको ठुलो रकम व्यवस्थापन पक्षको चरम लापरबाहीका कारण भ्रष्टाचार तथा हिनामिना गरी समग्र संस्था नै धरापमा पारेकोले उक्त संस्था र गरिब किसानहरूको बचत रकम सुरक्षित गर्न अति जरुरी रहेको छ। तसर्थ संस्थाको सत्य तथ्य घटना बाहिर ल्याई पीडितहरूलाईं न्याय र दोषीलाई कडाभन्दा कडा कारबाही गरियोस् भनी जोडदार माग गर्दछौँ। अन्यथा हाम्रो पार्टी मूकदर्शक बनेर बस्न नसक्ने र चरणबद्ध आन्दोलनसहित कानुनी उपचारको बाटोमा जाने बुझाएको ज्ञापनपत्रमा उल्लेख छ।' 

यता गाउँपालिकाले हिनामिनामा संलग्नलाई कारबाही गर्न प्रहरीलाई सिफारिस गरिसकेको जनाइएको छ। कचनकवल– ७ स्थायी ठेगाना भएका संस्थाका प्रबन्धक खत्री गत चैत ११ गतेदेखि रकम हिनामिना गरी फरार भएका हुन्। 

सहायक प्रबन्धक निरुमाया राजवंशीसँग मिलेर दुवैले त्यति रकम हिनामिना गरेको खुल्न आएको छ। प्रबन्धक खत्री र सहायक प्रबन्धक राजवंशीले करिब दुई करोड रकम हिनामिना गरेको कुरा स्वीकार गर्दै मन्जुरीनामा गरेका छन्।

सहकारी ऐनको दफा १२२ अनुसार कसुरदार देखिएका दुवैलाई कानुनी कारबाही गर्न प्रहरीलाई सिफारिस गरिएको गाउँपालिकाका सहकारी शाखाका गौरव रिजालले जानकारी दिए। दुवैले कृत्रिम ऋणी खडा गरी सदस्यहरूको त्यति धेरै रकम हिनामिना गरेको पाइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.