बिकेनन् कागतीका बिरुवा

बिकेनन् कागतीका बिरुवा

स्याङ्जा : स्याङ्जाको गल्याङमा उत्पादन भएका कागतीका बिरुवा बिक्री भएका छैनन्। भारतबाट बर्सेनि ठूलो मात्रामा कागतीका बिरुवाको आयात भइरहे पनि यहाँ उत्पादित भने बिक्री नभएपछि किसान चिन्तित भएका छन्। 

बर्खायाममा पनि कागतीका बिरुवा नबिक्दा गल्याङ्का २६ वर्षीय प्रदीप पाण्डे चिन्तित छन्। वर्षभरिको मेहनतले बजार नपाउँदा उनमा चिन्ता थपिएको हो। गल्याङ नगरपालिका–२ स्थित रैबवारमका जगत्रदेवी बिरुवा उत्पादन तथा बिक्री केन्द्र सञ्चालन गर्दै आएका पाण्डेसँग अहिले १८ महिनाका ६० हजार कागतीका (बिजु) बिरुवा छन्। उनका नर्सरीमा भएका ८० हजारमध्ये २० हजार मात्र बिक्री भएको उनले बताए।

उनले भने, ‘सुनकागती १, सुनकागती २ र स्थानीय जातका कागतीका बिरुवा छन्। सुनकागती १ तराईमा, सुनकागती २ पहाडमा र स्थानीय जातका कागती उच्च पहाडमा राम्रो उत्पादन लिन सकिन्छ।’ 

कागती बिरुवा रोपणका लागि जेठ असार उपयुक्त महिना हुन् भने साउन, भदौमा पनि रोप्न सकिन्छ। खाडल खनेर माटो, मल, पानी मिलाएर राखेको एक हप्तापछि रोप्ने गरिन्छ। हिजोआज नयाँनयाँ प्रविधिको उपयोग गर्दै तत्काल खाडल खनेर रोप्ने चलन पनि सुरु भएको छ। 

पाण्डेले २०७५ सालमा ‘जगत्रदेवी बिरुवा उत्पादन तथा बिक्री केन्द्र’ नामक संस्था दर्ता गरेर बिरुवा उत्पादन एवं बिक्री गर्दै आएका छन्। एकल स्वामित्वमा रहेको नर्सरीमा उनले लाखौं रुपैयाँ लगानी गरेका छन्। सुरुका वर्ष नर्सरी संरचना निर्माणका लागि कृषि ज्ञान केन्द्रले ६ लाख ७७ हजार रुपैयाँ र गल्याङ नगरपालिकाअन्तर्गत पशु सेवा शाखाको प्राविधिक सहयोग पाएका थिए। 

पाँच रोपनी जग्गा भाडामा लिएर बनाएको नर्सरीमा कागतीसँगै विभिन्न किसिमका डालेघाँससहित बहुउपयोगी बिरुवा पनि छन्। नर्सरीमा मौसम अनुरूप धेरैले रोजगार पाएका छन्। 

नगदे बालीका रूपमा परिचित कागती रोपेको तीन/चार वर्षमै फल दिन्छ। स्याङ्जाको जुनसुकै स्थानमा पनि कागती खेती गर्न सकिन्छ। एक पटक कागती रोपेपछि २० देखि ३० वर्षसम्म फल दिइरहने हुँदा कम लागतमै राम्रो नगद आर्जन गर्न सकिने पाण्डे बताउँछन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.