बाढीले जलविद्युत् आयोजनाको निर्माण प्रभावित

बाढीले जलविद्युत् आयोजनाको निर्माण प्रभावित
सुन्नुहोस्

वेनी : बाढीका कारण म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा निर्माणधीन २१ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको निर्माण प्रभावित बनेको छ। 

संयुक्त ऊर्जा प्रालिले निर्माण गर्न लागेको उक्त आयोजनाको बाँधतर्फ बाढीले अत्यधिक क्षति पुर्‍याएपछि निर्माण प्रभावित बनेको हो। यी असार २१ गते राति आएको अविरल वर्षापछिको बाढीले आयोजनाको बाँधलगायत पूर्वाधारमा क्षति पुर्‍याएको आयोजनाका प्रमुख रवीन्द्र हमालले जानकारी दिए।

'बाढीले पूर्वाधार निर्माण कार्य प्रभावित बनेको छ, केही सामग्री पनि बगाएको', उनले भने। आयोजनाको निर्माण स्थलतर्फको पहुँचमार्ग समेत बाढीले बगाएको छ। 

ठेक्का लिएको साकुरा पावर/त्रिपल एस कम्पनीले बाढीबाट ४५ लाख बराबरको क्षति पुर्‍याएको जनाएको छ। आयोजनाको पहुँचमार्ग रहेको रघुगंगा-७ चिमखोलादेखि आयोजनास्थलतर्फको सडक खण्ड अन्तर्गत मलाङको पहिरोले सडक निरन्तर अवरुद्ध भएको छ। यसबाट निर्माण सामग्री ढुवानी समस्या भएको छ। 

बाँध र विद्युतगृह तर्फको पूर्वाधार निर्माणमा एक सय ३० मजदुर काम गर्दै आएका छन्। सन् २०२४ जुलाइसम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम अघि बढाइएकामा अब समय बढी लाग्ने आयोजना प्रमुख हमालले बताए। हालसम्ममा आयोजनाको ६० प्रतिशत भौतिक प्रगति भएको छ।

फेदीखोलामा मुहान रहने उक्त आयोजनामा पानीलाई छरीस्थित रघुगंगा नदीको किनार विद्युतगृहसम्म ल्याउन दुई हजार सात सय १५ मिटर लामो सुरुङमार्ग खन्नु पर्नेछ। हालसम्म दुई हजार मिटर सुरुङ निर्माण भइसकेको आयोजनाले जनाएको छ। आयोजनाको लागत तीन अर्ब ६० करोड रुपैयाँ अनुमान गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.