दमकमा ब्राउन सुगरसहित पाँचजना पक्राउ

दमकमा ब्राउन सुगरसहित पाँचजना पक्राउ
सांकेतिक तस्बिर।
सुन्नुहोस्

झापा : झापाको दमकमा लागुऔषध ब्राउन सुगरसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले आइतबार बेलुका साढे ९ बजे उनीहरूलाई  दमक नगरपालिका-१ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ पर्नेहरूमा दमक-१ निवासी २० वर्षीय शैलेश कुमार मगर,सोही ठाउँका २३ वर्षीय एनोस राई, दमक-२ निवासी २८ वर्षीय मदन बहादुर मगर, सोही ठाउँका २५ वर्षीय हेम श्रेष्ठ र दमक-६ निवासी २० वर्षीय अन्जान मगर रहेका छन् । 

उनीहरूको साथबाट प्रहरीले ५ ग्राम ब्राउन सुगर फेला पारेको थियो । पक्राउ परेका पाँचैजनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.