साँगुरीगढी गाउँपालिकामा कित्ताकाट खुल्यो

साँगुरीगढी गाउँपालिकामा कित्ताकाट खुल्यो
सुन्नुहोस्

धनकुटा : जग्गा वर्गीकरण सम्बन्धी भूउपयोग योजना स्थानीय राजपत्रमा प्रकाशन भएसँगै साँगुरीगढी गाउँपालिकामा कित्ताकाट खुलेको छ।  

साँगुरीगढी गाउँ कार्यपालिका बैठकले पास गरेको भूउपयोग योजना गाउँपालिकाले स्थानीय राजपत्रमा प्रकाशन गरेको थियो। उक्त भूउपयोग योजनाको विस्तृत प्रतिवेदन नापी कार्यालय र मालपोत कार्यालयमा पेस गरिएको थियो। 

उक्त कार्यालयहरूको राय सहित फाइनल प्रतिवेदन राजपत्रमा प्रकाशन गरिएको थियो। लामो समयको प्रक्रिया तथा चरण पुरा गरेर कित्ताकाट खुला गरिएको गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए। उनका अनुसार गाउँपालिका भरिका भूभागलाई व्यावसायिक क्षेत्र, आवास क्षेत्र र कृषि क्षेत्रमा वर्गीकरण गरी निर्धारण गरिएको छ।

नापी कार्यालय धनकुटाका प्रमु्ख मिथिलेश यादवले गत शुक्रबारदेखि साँगुरीगढी गाउँपालिकाको कित्ताकाट खुलेको बताए। भूउपयोग योजना अनुसार कित्ताकाट हुने उनले बताए। उनका अनुसार कित्ताकाट गर्ने लाभग्राहीले वडा कार्यालयको सिफारिस लिएर आउनु पर्नेछ। वडा कार्यालयले भूउपयोग योजना अनुसार सिफारिस गरेपछि मात्रै कित्ताकाटको प्रक्रिया खुल्दछ। 

null

साँगुरीगढी गाउँपालिकाले भूउपयोग मापदण्ड निर्धारणका आधारहरू विद्यमान भूउपयोगको अवस्था, नापी विभागले पठाएको भूउपयोग क्षेत्र वर्गीकरणको तथ्यांक, सडक, बाटोको पहुँच र सो को वर्गीकरण, कृषि उत्पादन र उत्पादकत्वको अवस्था, वातावरण तथा विपद्संवेदनशीलता, भूउपयोग ऐन २०७६, भूउपयोग नियमावली २०७९, सामाजिक तथा आर्थिक पूर्वाधारको वितरण, शहरी विकास योजना/आयोजना, स्याटलाइट तस्बिरहरू, जिआइएस विश्लेषण, वडाबाट आएको राय सुझाव, विभिन्न क्षेत्रका विज्ञहरू र सर्वदलीय, सर्वपक्षीय भेलाबाट प्राप्त राय सुझावलाई मानेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.