प्रहरी कार्यालयभित्रै जवानलाई यातना प्रकरणमा छानबिन गर्न ५ सदस्यीय टोली गठन

प्रहरी कार्यालयभित्रै जवानलाई यातना प्रकरणमा छानबिन गर्न ५ सदस्यीय टोली गठन
सुन्नुहोस्

सिरहा : जिल्ला प्रहरी कार्यालय सिरहामा प्रहरी जवानलाई यातना दिएको विषयमा मधेस प्रदेश प्रहरी कार्यालयले छानबिन सुरु गरेको छ। 

डीएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा ५ सदस्यीय छानबिन टोली गठन गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार घटना बाहिरिएलगत्तै बुधबार कार्यालयले टोली गठन गरी छानबिन थालेको हो। जति सक्दो चाँडो छानबिन गरी प्रतिवेदन बुझाउन टोलीलाई निर्देशन दिइएको छ।

गत सोमबार जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई यातना दिएको भिडियो बुधबार सार्वजनिक भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.