डोटीमा गाडी दुर्घटना, एकको मृत्यु, ३ जना घाइते

डोटीमा गाडी दुर्घटना, एकको मृत्यु, ३ जना घाइते
सुन्नुहोस्

डोटी : डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ मौवामा सरकारी गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

बा१झ ९४३४ नम्बरको सरकारी गाडी दुर्घटना हुँदा आदर्श १ स्याउले घर भएकी ६५ वर्षीय हीरा खड्काको मृत्यु भएको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए।

घटना बेलुकी ६:३० बजे भएको हो। गाडी आदर्श गाउँपालिकाबाट सायल गाउँपालिकातर्फ जाँदै गर्दा अनियन्त्रित भइ कच्ची सडकबाट ५ मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।

घाइते हुनेहरूमा वीरबहादुर खड्का, रबीन्द्र सुनार र टेकबहादुर तिरुवा रहेको प्रहरीले जानकारी दिएको छ। घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ।
 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.