लम्पी स्किन रोग नियणन्त्रणका लागि ७७ लाख उपलब्ध गराउने

लम्पी स्किन रोग नियणन्त्रणका लागि ७७ लाख उपलब्ध गराउने
सुन्नुहोस्

जनकपुरधाम : मधेस प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयले ८ जिल्लाको जिल्ला प्रशासन कार्यालयलाई विपद् व्यवस्थापनका लागि ५/५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। 

विपद् सम्बन्धी अति आवश्यक सामग्रीहरू खरिदका लागि प्रदेश विपद् व्यवस्थापन कोषबाट जिल्ला प्रशासन कार्यालयलाई पाँच लाख रुपैयाँका दरले उपलब्ध गराउने निर्णय भएको हो। 

मधेस सरकारले प्रदेश मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना अन्तर्गत वर्षातको मौसममा बाढी, डुबान, कटान, चटयाङलगायत घटनाबाट हुन सक्ने क्षति न्यूनीकरण, राहत तथा उद्धार तादरुकत्ता दिने समेत निर्णय गरेको हो। जसअन्तर्गत नेपाली सेना, मधेस प्रदेश प्रहरी कार्यालय, सशस्त्र प्रहरी बललाई राहत सामग्री उपलब्ध गराउने भएको हो। 

मधेस प्रदेशमा हाल देखिएको लम्पि स्किन रोग नियन्त्रणका लागि समेत ७७ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। जसमा मधेस सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई सो रकम उपलब्ध गराउने निर्णय भएको गृह तथा सञ्चार मन्त्रालयका सचिव उमेश ढकालले अन्नपूर्णलाई जानकारी गराएका छन्। 

साथै नेपाल रेडक्रस सोसाइटी, गैरसरकारी संस्था लगायतलाई राहत सामग्री तयारी अवस्थामा राख्ने निर्देशन समेत दिएको छ। मधेसका मुख्यमन्त्री सरोज कुमार यादवको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकबाट प्रदेश स्वास्थ्य मन्त्रालयले औषधिसहितको स्वास्थ्य उपचार व्यवस्था मिलाउन निर्देशन दिएको छ। 

यसैगरी खानेपानी मन्त्रालय शुद्ध खानेपानी एवं पर्याप्त व्यवस्था मिलाउन तथा तयारी अवस्थामा राख्न विभिन्न संस्थालाई सहयोग गर्ने निर्णय भएको सचिव ढकालले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.