विधेयकप्रति मिटरब्याज पीडित असन्तुष्ट, आन्दोलन जारी राख्ने

विधेयकप्रति मिटरब्याज पीडित असन्तुष्ट, आन्दोलन जारी राख्ने

काठमाडौं : मिटरब्याज पीडितहरूले सरकारले ल्याएको मिटरब्याजसम्बन्धी नयाँ विधेयकप्रति असन्तुष्ट जनाएका छन् ।  मिटरब्याज तथा ठगी विरुद्धको किसान–मजदुर संघर्ष समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले ल्याएको विधेयकले आर्थिक अपराधमा संलग्न साहु महाजनको सम्पति छानबिन गर्न नसक्ने र हालसम्म आर्थिक अपराधबाट पीडित बनाएका किसान मजदुरहरुलाई अपराधीहरुको चंगुलबाट मुक्त घोषणा गर्न नसक्ने जनाएको छ ।

null

समितिले नयाँ कानुनले मिटरब्याज  पीडितहरूको माग सम्बोधन गर्न नसकेको भन्दै आन्दोलन जारी नै रहने स्पष्ट पारेको छ । संघर्ष समितिका प्रवक्ता निर्ग नविनले  अघिल्लो व्यवस्थामा पुराना लिखतहरूलाई साहुमहाजन र ऋणी वडामा गएर प्रमाणित गराउनुपर्ने भन्ने रहेपनि अहिले साहुमहाजन एकपक्ष मात्रै गए पनि हुने बनाएको भन्दै असन्तुष्ट जनाए । उनले साहुमहाजनसँग भएका कागजपत्रको छानबिन हुनुपर्ने र अनुचित लेनदेन देखिए कारवाही हुनुपर्ने बताए।

संघर्ष समितिले मंगलबार नै काठमाडौंमा प्रदर्शनसहित संसद भवन घेराउ गरे । उनीहरुले नयाँ विधेयक मिटरब्याज पीडितको पक्षमा नआएसम्म आन्दोलन जारी रहने बताएका छन् । 

आइतबार मिटरब्याज पीडितलाई न्याय दिन ल्याइएको विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.