कांग्रेसको केन्द्रीय समिति बैठक : प्रस्ताव र प्रतिवेदनमाथि केन्द्रीय सदस्यले धारणा राख्दै
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबारदेखि बैठक सुरु भएको हो।
बैठकमा केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राखिरहेका छन्। मंगलबार महामन्त्री विश्वप्रकाश शर्माले बैठकमा १० एजेन्डा प्रस्तुत गरेका थिए।
बैठकमा महामन्त्री गगनकुमार थापाले सांगठनिक कार्ययोजना र कार्यतालिका प्रस्तुत गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !