कटहरीमा हटिया स्थानान्तरणको विषयमा भडप, प्रहरीका इन्सपेक्टर र सई घाइते

कटहरीमा हटिया स्थानान्तरणको विषयमा भडप, प्रहरीका इन्सपेक्टर र सई घाइते
सुन्नुहोस्

विराटनगर : मोरङको कटहरीमा साप्ताहिकरूपमा लाग्दै आएको हटिया स्थानान्तरणको विषयलाई लिएर व्यापारी र प्रहरीबीच बुधबार झडप भएको छ। 

झाडपमा परेर प्रहरीका एक इन्सपेक्टर (प्रहरी निरीक्षक) र एक जना सइ (प्रहरी नायव निरीक्षक) घाइते भएका छन्। नाम सार्वजनिक नगरिएका घाइतेको टाउकोमा ३-३ जना टाँका लगाइएको छ। विराटनगरस्थित कोसी अस्पतालमा उनीहरूको उपचार भइरहेको छ। 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले साप्ताहिक हटिया स्थानान्तरणको विषयलाई लिएर विवाद उत्पन्न हुँदा स्थानीय व्यापारीले प्रहरीमाथि ढुंगामुढा गरेको जानकारी दिए। एक्कासि आक्रमण हुँदा प्रहरीका दुई जना घाइते भएको उनले बताए। घटनास्थलमा परिचालित नेपाल र सशस्त्र प्रहरीले बल प्रयोग गरेर स्थिति नियन्त्रणमा लिएका थिए। 

दाहालका अनुसार प्रहरीमाथि आक्रमण गर्ने ७ जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा कटहरी गाउँपालिका-२ का २६ वर्षीय मनिष दास, १९ वर्षीय सुरजकुमार मण्डल, छोटुकुमार मुखिया, ४२ को सुरेन्द्र साह, कटहरी-५ का ४५ वर्षीय प्रकाश बस्नेत तथा विराटनगर महानगरपालिका-८ का २६ वर्षीय विकास साह र राहुल मण्डललाई पक्राउ गरिएको छ। सबै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान अघि बढाइएको उनले बताए। 

विराटनगर महानगरपालिका र कटहरी गाउँपालिकाको सीमा भएर बग्ने सिंघिया खोला किनारनजिक गाँउपालिकातर्फ प्रत्येक बुधबार हटिया लाग्दै आएको थियो। व्यवस्थित गर्ने भन्दै गाउँपालिकाले हटियालाई सारेर कटहरी-१ स्थित जमकोटीमा रहेको फलफूल तथा थोक तरकारी बजारमा लैजाने निर्णय गरेको थियो। फलफूल तथा तरकारी व्यापारी गाउँपालिकाको उक्त निर्णयविरुद्ध उत्रिएका हुन्। 

व्यापारीहरूले नयाँ ठाउँमा हटिया लैजाँदा सबैलाई पायक नपर्ने बताउँदै आएका छन्। व्यापारी छाड्न नमान्ने र गाउँपालिका पुरानो स्थानमा हटिया लाग्न नदिने अडानमा छन्। गाउँपालिकाको निर्णयप्रति असहमति जनाउँदै पुरानै ठाउँमा हटिया लगाउने तयारी व्यापारीले गरेपछि प्रहरीसँग झडप भएको हो। 

गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले व्यवस्थित गर्नका लागि हटिया स्थानान्तरणको निर्णय लिएको बताए। कटहरी-१ स्थित जमकोटीमा फलफूल तथा थोक तरकारी बजार २०७५ साल चैत महिनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए। संघीय सरकारले बनाएको बजार सञ्चालनको जिम्मेवारी प्रदेश सरकारलाई दिइएको छ। 

विराटनगरमा लाग्दै आएको गुद्री बजार सार्ने तयारीका साथ फलफूल तथा थोक तरकारी बजार निर्माण गरिएको थियो। तर गुद्रीका व्यापारी उक्त स्थानमा सर्न मानेनन्। अहिले विराटनगर महानगरपालिका-११ स्थित मेयर नागेश कोइरालाको जग्गा भाडामा लिएर गुद्री बजार सञ्चालित छ। मेयर कोइरालाकै असहयोगका कारण गुद्री बजार कटहरी सर्न नसकेको हो। 

गुद्री सञ्चालनका लागि व्यापारीलाई उनले आफ्नो जग्गा भाडामा दिएपछि बजार कटहरी सर्न सकेको छैन। गुद्री बजारका व्यापारीले पनि कटहरी जान मानिरहेका छैनन्। व्यापारी जान नमान्दा कृषि बजार ५ वर्षदेखि प्रयोगविहीन छ। अलपत्र अवस्थामा छ। सुविधा सम्पन्न संरचनाहरू जीर्ण बन्दै गएका छन्। 

बजारमा थोक विक्रेताका लागि ४० वटा र खुद्रा विक्रेताका लागि ३५ वटा स्टलसहित प्रशासनिक भवन निर्माण गरिएको थियो। ४५ हजार मेट्रिक टन तरकारी र ८ हजार मेट्रिक टन फलफूल भण्डार क्षमताको बजार निर्माणमा सरकारले १७ करोड रूपैयाँ खर्चिएको थियो। गुद्रीका व्यापारी जान नमानेपछि बुधबार लाग्ने हटियालाई त्यहाँ सार्ने निर्णय गाउँपालिकाले गरेको हो।

हटिया स्थानान्तरणको विरोधमा उत्रिएका व्यापारी। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.