अल्जेरियाको सहारा क्षेत्रमा बस दुर्घटना, ३४ जनाको मृत्यु

अल्जेरियाको सहारा क्षेत्रमा बस दुर्घटना, ३४ जनाको मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

अल्जेरियाको नागरिक सुरक्षा निकायका अनुसार दुर्घटनामा परी अन्य १२ जना घाइते भएका छन् ।

अल्जेरियाको दक्षिणी मरुभूमिमा बुधबार बिहान सबेरै एउटा यात्रुबाहक बस र व्यापारिक सवारी साधन एकआपसमा ठोक्किँदा ३४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

अल्जेरियाको नागरिक सुरक्षा निकायका अनुसार दुर्घटनामा परी अन्य १२ जना घाइते भएका छन् ।

राजधानी अल्जियर्सबाट करिब दुई हजार किलोमिटर टाढा रहेको तमानरासेट शहर नजिकै स्थानीय समयअनुसार बिहान ४ : ०० बजे बस दुर्घटना भएको थियो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार सहारा नदीको गहिराइमा रहेको तमानरासेटबाट २० किलोमिटर पश्चिममा रहेको आउटौल शहर नजिकै बस दुर्घटना भएको र घटनास्थलबाट जलेका मृत शरीरहरू फेला परेका छन् ।

नागरिक सुरक्षा एजेन्सीका अनुसार बसले उत्तरपश्चिमतर्फ करिब दुई हजार बासिन्दा रहेको तमानरासेट र अद्रारको बीच जाने यात्रु लिएर गएको थियो ।

स्थानीय सञ्चारमाध्यमले प्रसारण गरेको फुटेजमा बसमा आगोको ठूलो मुस्लो लागेको देखिएको छ ।

अल्जेरियाली सञ्चारमाध्यमले सार्वजनिक गरेका अन्य तस्बिरमा उद्धारकर्मीहरू घटनास्थलमा रहेको र दुर्घटनामा परेका  दुई जलेका गाडी नजिकै रहेको देखिएको छ ।

अधिकारीहरूले दुर्घटनाको अवस्था र यसको कारणबारे तत्काल केही बताएका छैनन् । सरकारी सडक सुरक्षा निकायका अनुसार देशमा सडक दुर्घटनाको मुख्य कारण तीव्र गति नै हो ।

दुर्घटनाको बारेमा कुनै आधिकारिक टिप्पणी गरिएको छैन । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.