मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

विराटनगर : सुनसरीको दुहवी नगरपालिका–५ मा मोटरसाइकल दुर्घटना हुँदा बुधबार एक जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्। 

कोसी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०२–०४७ प ११६४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दिउँसो ३ बजेतिर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको गढी गाउँपालिका–२ का २७ वर्षीय उत्तम चौधरीको मृत्यु भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईले जानकारी दिए। 

उनका अनुसार गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा विराटनगरको विराट नर्सिङममा दिउँसो ४ बजेतिर मृत्यु भएको हो। दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार मोरङको कटहरी गाउँपालिका–५ का अमन गुरुङ घाइते भएका छन्। 

गुरुङको विराट नर्सिङ होममा उपचार भइरहेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको पत्ता लागेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.