काठमाडौं : नेपाल राष्ट्र बैंक घरजग्गामा बैंकहरूबाट प्रवाह हुने कर्जामा केही लचिलो नीति लिने देखिएको छ। राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/०८१ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा पहिलो आवासीय घर कर्जाको सीमा १ करोड ५० लाखलाई वृद्धि गरेर २ करोड पुर्याइएको छ।
यस्तै बैंक तथा वित्तीय संस्थामा खाता खोली विप्रेषण पठाएमा कम्तिमा एक प्रतिशत थप व्याज दिने व्यवस्थालाई निरन्तरता दिइएको छ । बैंक तथा वित्तीय संस्थाको सुझाव समेतको आधारमा चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शनमा आवश्यक पुनरावलोकन गरिने मौद्रिक नीतिमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस !