औषधि पसलमा स्वास्थ्यमन्त्रीको अनुगमन : म्याद गुज्रिएका र बेच्‍न अनुमति नपाएका औषधी फेला

औषधि पसलमा स्वास्थ्यमन्त्रीको अनुगमन : म्याद गुज्रिएका र बेच्‍न अनुमति नपाएका औषधी फेला

काठमाडौं : स्वास्थ्य मन्त्रालयले सोमबार देशभरका औषधी पसलमा अनुगमन गरेको छ । मन्त्रालयले काठमाडौं उपत्यका लगायत देशभरका औषधि पसलमा एकसाथ अनुगमन गरेको हो ।

काठमाडौंमा रहेका केहि औषधि पसलको अनुगमनमा औषधि व्यवस्था विभागका प्रतिनिधिसहित स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत निस्किएका थिए।

सो क्रममा औषधि पसलमा म्याद गुज्रिएका औषधिहरू राखेको पाइएको थियो भने बेच्ने अनुमति नपाएका औषधीहरु पनि राखिएको भेटिएको छ ।

नमूनाप्रति औषधि र म्याद गुज्रिएका औषधि भेटिएपछि ललितपुरमा एक औषधि पसललाई कारवाही समेत गरिएको छ । मन्त्री बस्नेतले औषधि पसललाई व्यवस्थित गर्न र जिम्मेवार बनाउनका लागि सरकारले अनुगमन गरेको जानकारी दिए।

उनले अनुगमनपछि आएको प्रतिवेदनका आधारमा कारवाही प्रक्रिया अघि बढाउने भन्दै निरन्तर अनुगमन जारी रहने बताए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.