दोलखाको विगु गाउँपालिकामा चितुवा आतंक, स्थानीय त्रसित

दोलखाको विगु गाउँपालिकामा चितुवा आतंक, स्थानीय त्रसित

दोलखा : दोलखाको विगु गाउँपालिको वडा नम्बर ६ र ७ मा एक सातामा चितुवाले १० वटा बाख्रा मारेको छ। वडा नम्बर ७ का वडाध्यक्ष दलबहादुर श्रेष्ठका अनुसार आइतबार राति मात्रै मानेडाँडाका स्थानीय अनिल दुलालको गोठमा चितुवा पसेर पाँचवटा बाख्रा मारेको छ। 

चितुवा घर घरमा पस्न लागेपछि स्थानीय आतंकित बनेका छन्। 'बाख्रा त खायो खायो हामीलाई समेत आक्रमण गर्छ कि भन्ने चिन्ता छ', पीडित दुलालले भने। 

केही दिनअघि विगु गाउँपालिका-६ आलम्पुको स्थानीय चिनिमाया विश्वकर्माको चार वटा र इसी शेर्पाको एउटा गरी पाँचवटा बाख्रा मारेको स्थानीयले बताएका छन्। 

'राति राति चितुवा गोठमा पसेर बाख्रा मार्न थालेको छ,'पीडित चिनिमायाले बताइन्। अब त राति काम विशेषले बाहिर निस्कन पनि डरमर्दो बनेको छ।'

केही समय अघि वडा नम्बर ६ वासाका स्थानीय तारा थामी र रंगबहादुर थामी तथा क्यार्थलका मान बहादुर थामीको घरमा पनि चितुवा पसेर आतंक मच्चाएको स्थानीयले बताए। 

उत्तरी गाँउमा चितुवा लगायतका वन्यजन्तुले आतंकित पार्न लागेपछि गौरीशंकर संरक्षण क्षेत्र र सम्बन्धित वडा तथा पालिकामा जानकारी गराएको भए पनि सुरक्षा र क्षतिपूर्तिका विषयमा कुनै पहल नभएको स्थानीय पीडितहरुले गुनासो गरेका छन्। 

गौरीशंकर संरक्षण क्षेत्रका सूचना अधिकारी तुलसीप्रसाद दाहालले किसानको पशुलाई वन्यजन्तुले आक्रमण गरेर मारेको बारेमा जानकारी आएको र त्यसको उचित क्षतिपूर्ति दिइने बताए। 

वन्यजन्तुबाट आफ्नो पशुको सुरक्षाका लागि स्थानीयले गाई, बाख्रा बाध्ने गोठ बलियो बनाउनुपर्ने सूचना अधिकारी दाहालको भनाइ छ। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.