ब्राउन सुगरसहित ५ जना पक्राउ
धरान : प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित ५ जना कारोबारी धरानबाट पकाउ परेका छन्।
कोसी प्रदेश प्रहरी कार्यालय पीटीआई ईलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलीले उनीहरूलाई धरानको पानबारीबाट पक्राउ गरीएको डीएसपी नवराज मल्लले बताए।
धरान उप-महानगरपालिका-८ मा खटिएको प्रहरी टोलीले स्थानीय २२ वर्षीय साजन बिक,३३ वर्षीय सिताराम तामाङ, ४२ वर्षीय जनक राई, ३५ वर्षीय रबिन बराईली र २४ वर्षीय आलोक मगरलाई पक्राउ गरिएको उनले बताए ।
पक्राउ परेकाहरूको साथबाट २ ग्राम ब्राउनसुगर बरामद गरिएको छ । लागुऔषध सहित पक्राउ परेकालाई जिल्लाअदालत सुनसरीबाट म्याद थपी अनुसन्धान भईरहेको डिएसपी मल्लले बताए ।