कुटपिट र चोरीमा संलग्नहरु पक्राउ

कुटपिट र चोरीमा संलग्नहरु पक्राउ
सांकेतिक तस्बिर।
सुन्नुहोस्

नुवाकोट : नुवाकोटमा प्रहरीले कुटपिट गरी फरार भएका युवकहरु पक्राउ गरेको छ। चोरीका घटनामा संलग्नहरुलाईसमेत पक्राउ गरेको छ। 

बिदुर नगरपालिका ९ प्लास्टरमा साउन ५ गते शुक्रबार राती सांढे नौ बजे बिदुर ८ का २६ वर्षीय सुमन आले मगरलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाइ फरार रहेको घटनामा संलग्न व्यक्तिमध्ये दुई जनोलाई पक्राउ गरी मुद्धा दायर गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। 

कुटपिटमा संलग्न  धादिङको सत्यदेबी स्थायी घर भई हाल नुवाकोट बिदुर नपा ९ प्लास्टर बस्ने २६ वर्षीय  अनन्त तामाङ र सोही स्थानका २५ वर्षीय अमिर तामाङलाई  पक्राउ गरी नुवाकोट जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग मुद्दा कसूर शीर्षकमा म्याद थप भइ थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

चोरीका मोबाइलसहित युवकलाई प्रहरीले पक्राउ गरेको छ। गत असार ११ गते  सूर्यगढी गाउँपालिका ५ मा मोबाइल चोरी गर्ने लिखु गापा ४ का २३ वर्षीय जुनिल राईलाई  चोरीका चार थान मोबाइलसहित लिखु गापा ६ थानसिंङबाट पक्राउ गरिएको र नुवाकोट जिल्ला अदालतबाट चोरी सम्बन्धिीमुद्दामा म्याद थप भइ थप अनुसन्धान कार्य भइरहेको नुवाकोट प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.