सिन्धुपाल्चोकमा राष्ट्रिय परिचयपत्र वितरण सुरू

सिन्धुपाल्चोकमा राष्ट्रिय परिचयपत्र वितरण सुरू
सुन्नुहोस्

प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले समाजसेवी कृष्णबहादुर ठकुरी र कार्यालयका कर्मचारीलाई विश्वास बोम्जनलाई राष्ट्रिय परिचयपत्र हस्तान्तरण गरी वितरण कार्यको शुभारम्भ गरेका हुन्।

सिन्धुपाल्चोक : जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको छ। २०७७ साउन २१ देखि राष्ट्रिय परिचय पत्रको फारम भर्न थालिएकोमा तीन वर्षपछि परिचयपत्र वितरण थालिएको हो।

प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले समाजसेवी कृष्णबहादुर ठकुरी र कार्यालयका कर्मचारीलाई विश्वास बोम्जनलाई राष्ट्रिय परिचयपत्र हस्तान्तरण गरी वितरण कार्यको शुभारम्भ गरेका हुन्। मेसिन र कम्प्युटरबाट राष्ट्रिय परिचयपत्रको सम्पूर्ण विवरण प्रमाणित गरेपछिमात्र प्रमुख जिल्ला अधिकारी न्यौपानेले परिचयपत्र प्रदान हस्तान्तरण गरेका थिए।

सिन्धुपाल्चोकबाट हालसम्म १ लाख ९४ हजार ७ सय ४९ जनाले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका छन्। ती मध्ये पहिलो चरणमा आर्थिक वर्ष ०७७/०७८ मा विवरण दर्ता गराउने १ हजार ३ सय ६९ जनाको परिचयपत्र बनेर आएको जिल्ला प्रशासन कार्यालयका कम्युटर दर्ता अपरेटर सूर्यप्रकाश श्रेष्ठले जानकारी दिए। 

कार्यालयबाट परिचय पत्रका लागि आवेदन दिएका र परिचय पत्र तयार भइसकेका सेवाग्राहीको मोबाइलमा सन्देश पठाएर जानकारी दिने व्यवस्था मिलाइएको छ। यसका आधारमा सेवाग्राहीहरूले कार्यालयमा गएर परिचयपत्र लिन सक्नेछन्। परिचयपत्र लिनका लागि सबन्धित ब्यक्ति स्वयं विवरण संकलनका बेला कार्यालयबाट दिईएको विवरण प्रतिलिपि लिएर उपस्थित हुनुपर्ने प्रजिअ न्यौपानेले बताए।

राष्ट्रिय परिचयपत्रमा एउटा चिप्स राखिएको छ, जसमा व्यक्तिको नागरिकता र अन्य जैविक विवरण समावेश हुन्छ। जैविक विवरण अन्तर्गत व्यक्तिको फोटो, १० औंलाको छाप, हस्ताक्षर हुन्छ। कार्डमा १० वटा नम्बर (डिजिट) हुन्छ, र सोही आधारमा व्यक्तिको पहिचान गरिन्छ।

राष्ट्रिय परिचयपत्रमा एउटा चिप्स राखिएको छ, जसमा व्यक्तिको नागरिकता र अन्य जैविक विवरण समावेश हुन्छ। जैविक विवरण अन्तर्गत व्यक्तिको फोटो, १० औंलाको छाप, हस्ताक्षर हुन्छ। कार्डमा १० वटा नम्बर (डिजिट) हुन्छ, र सोही आधारमा व्यक्तिको पहिचान गरिन्छ।

राष्ट्रिय परिचयपत्र वितरण शुरु गरे पनि नागरिकले यसको तत्काल उपयोग गर्न भने नपाउने भएका छन्। परिचयपत्रमा अहिले व्यक्तिको नागरिकता र जैविक विवरण मात्र समावेश गरिएकाले आर्थिक कारोबार गर्ने लगायतका अन्य सुविधा थप्न सरकारले कानून बनाउनुपर्ने भएकाले तत्काल उपयोग गर्न नसकिने राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.