दोलखा टोपाटार पहिरो: दुईको मृत्यु, दुई जना अझै बेपत्ता

दोलखा टोपाटार पहिरो: दुईको मृत्यु, दुई जना अझै बेपत्ता

दोलखा : जिल्लाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर ७ मार्बु टोपाटारमा बिहीबार बेलुका गएको पहिरोमा परी एक बालकसहित दुई जनाको ज्यान गएको छ। दुई जना अझै बेपत्ता रहेका प्रहरीले जनाएको छ। 

अविरल वर्षाको कारण हिजो बेलुका आएको पहिरोमा परी टोपाटारका कृष्ण बहादुर मगर, उनको श्रीमती देवीमाया मगर, हरिलाल श्रेष्ठ र तीन वर्षको बालक प्रिन्स थामी बेपत्ता भएकोमा आज देवीमाया र सिता थामीको छोरा तीन वर्षीय प्रिन्स थामीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक दीपक खड्काले बताए।

पहिरोले स्थानीय कृष्णबहादुर मगरको घर पुरै बगाएको तथा हरिलाल श्रेष्ठ, यज्ञ थामी, टपेन्द्र गुरुङ र घनश्याम खत्रीको घर पूर्ण रुपमा क्षति भएको वडा नम्बर ७ का वडा अध्यक्ष सोनाम शेर्पाले जानकारी दिए। 

पहिरोमा परी ४० वर्षीय यज्ञहादुर थामी, उनको श्रीमती ३९ वर्षीया धनकुमारी थामी तथा बुहारी सिता थामी घाइते भएको वडाध्यक्ष शेर्पाले बताए। घाइते तीनै जनालाई उपचारका लागि काठमाडौं लगिएको प्रहरीले जनाएको छ। 

घाइते यज्ञ थामी र उनको श्रीमती धनकुमारी थामीलाई हेलिकप्टरबाट काठमाडौंको केएमसीमा लगिएको थियो भने बुहारी सिता थामीलाई स्थानीय अस्पतालमा प्राथामिक उपचारपछि एम्बुलेन्सबाट थप उपचारको लागि काठमाडौं लगिएको प्रहरीले जनाएको छ। 

पहिरोले वडा नम्बर ८ सल्लेको ३०/३२ घर उच्च जोखिममा रहेको स्थानीय समाजसेवी कुमार तमाङले बताए। सल्लेबाट सुरु भएको पहिरोले नै टोपाटारको घर बगाएको तमाङको भनाइ छ। 

पहिरोमा परी दुईजना अझै बेपत्ता छन् बेपत्ता हुनेमा सोही स्थानका ६० वर्षीय कृष्णमगर र ४९ वर्षीय हरिलाल श्रेष्ठ रहेका छन्। पहिरोमा बेपत्ता २ जनाको नेपाली सेना, जनपद र सशस्त्र प्रहरीसहित स्थानीयले खोजी गरिरहेका छन्। 

पहिरोले गौरीशंकर–८ खारेको सल्लेमा ५ घर बगाएको छ। थप १५ घर विस्थापित बनेका छन्। पहिरोमा स्थानीयका ६२ वटा बाख्रा र एक भैंसी पनि मरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.