भेलबाढीले बगाउँदा युवक बेपत्ता
नुवाकोट : अविरल वर्षासँगै आएको भेलबाढीका कारण नुवाकोटको अँधेरीखोलाले बगाएर एक युवक बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा विदुर नगरपालिका-७ तुप्चेका ३२ वर्षीय प्रदीप खड्का रहेका छन्। आगुँटारबाट तुप्चेको रातमाटेतर्फ गइरहेका खड्कालाई शुक्रबार राति १० बजे अँधेरी खोलामा आएको भेलवाढीले बगाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ
उनले चढ्दै आएको मोटरसाइकल फेला परेको छ। बेपत्ता युवकको खोजी भइरहेको छ। उनको खोजीमा सर्वसाधारण, आफन्तजन, सेना, प्रहरी र सशस्त्र प्रहरी खटिएका छन्।
प्रतिक्रिया दिनुहोस !