पाल्पाको सिद्धबाबा क्षेत्रमा गुडिरहेको जीपमाथि ढुंगा खस्यो, चालकसहित तीनजना घाइते

पाल्पाको सिद्धबाबा क्षेत्रमा गुडिरहेको जीपमाथि ढुंगा खस्यो, चालकसहित तीनजना घाइते
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

तानसेन : सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडकखण्डको रामापिथेकस पार्क ड्याम साइट नाग मन्दिर नजिकै  गुडिरहेको जीपमाथि ढुंगा खस्दा तीनजना घाइते भएका छन् ।

बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु २ च २८४९ नम्बरको  सोमबार बिहान करिब साढे ६ बजेतिर जीपमाथि ढुंगा खस्दा तीनजना घाइते भएका हुन ।

घाइते हुनेहरूमा  पूर्वी नवलपरासी नवलपुर त्रिवेणी गाउँपालिका -७ का ३२ वर्षीय  जीप चालक  विवेक कार्की, रुपन्देही सुद्धोधन गाउँपालिकाका २४ वर्षीय जीप सहचालक विवेक कार्की र तानसेन नगरपालिका -१४ का ४० वर्षीय दिलिप न्यौपाने रहेको दोभान प्रहरी चौकीका प्रहरी जवान सुसान्त सुनारले बताए । 

घाइते तीनैजनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।  उनीहरू तानसेन अर्गलीका न्यौपानेले बुटवलबाट टिन र फलाम लगायतका सरसमान लिएर  अर्गलीतर्फ जाँदै थिए । 

ढुंगा लागेर जीप कच्याककुचुक भएको छ । जीपको अगाडिको भाग पूर्णरुपमा क्षति भएको छ । सडकमा खसेको ढुंगा पन्छाएर सडक यातायात सुचारु गरिएको पाल्पा प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.