कैलालीको खानीडाँडा नजिकै सडक भासियो, सुदूरपश्चिमका ७ जिल्लाको यातायात ठप्प

कैलालीको खानीडाँडा नजिकै सडक भासियो, सुदूरपश्चिमका ७ जिल्लाको यातायात ठप्प
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

बैतडी : सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध बनेको छ । कैलालीको गोदावरी नगरपालिका–४ स्थित खानीडाँडा नजिकैको भावर क्षेत्रमा ठूलो पहिरोसहित सडक भासिएपछि राजमार्ग अवरुद्ध भएको हो ।  

करिब ३ सय मिटरको दुरीसम्म सडक भाँसिएको छ । सडक भासिएपछि कैलाली र कञ्चनपुरबाट  सुदूर पहाडका ७ वटै जिल्लाको यातायात सेवा ठप्प रहेको छ ।

पहाडबाट तराई कैलाली र कञ्चनपुर झर्ने र तराईबाट पहाड जाने सबै सवारी साधन बाटोमै रोकिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक दीपेन्द्र कुमार पालले बताए ।

सुदूर पहाडबाट तराई झर्ने सवारी साधन पनि पहाडमै रोकिएका छन् । सडक सुचारु गर्नेबरे आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.