ग्रामीणवासीका लागि स्वास्थ्य सामग्री प्रदान
नुवाकोट : ग्रामीणवासीको सुविधाका लागि नुवाकोटको दुई स्थानमा स्वास्थ्य सामग्री प्रदान गरिएको छ। अक्सिजन कन्सन्ट्रेटर मेसिनसहितका स्वास्थ्य सामग्रीहरू प्रदान गरिएको हो।
यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रष्टले विदुर नगरपालिका-१३ आमथाङ र बेलकोटगढी नगरपालिका-५ दुईपीपलमा स्वास्थ्य सामग्री प्रदान गरेको हो।
दुवै स्थानको स्वास्थ्य केन्द्रमा पुगेर ट्रष्टका अध्यक्ष डा. केदारनरसिंह केसीले अक्सिजन कन्सन्ट्रेटरसहितका स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरे।
डा. केसीले आमथाङमा तीन थान अक्सिजन कन्सन्ट्रेटर मेसिन, एक थान ह्लिचेयर, ५० लिटर सेनिटाइजर, माक्स, पीपीई र सिटामोल लगायतका सामग्री हस्तान्तरण गरेका हुन्।
बेलकोटगढी ५ दुईपीपलको स्वास्थ्य केन्द्रका लागि पाँच थान अक्सिजन कन्सन्ट्रेटर मेसिन, ५० लिटर सेनिटाइजर, आइरन चक्की, माक्स, पीपीई र सिटामोल लगायतका सामग्रीहरू अध्यक्ष डा. केसीले हस्तान्तरण गरे।
प्रतिक्रिया दिनुहोस !