देउवाले बोलाए कांग्रेस संसदीय दलको बैठक

देउवाले बोलाए कांग्रेस संसदीय दलको बैठक
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठक बोलाएका छन्। संसदमा जारी रहेको गतिरोध र पछिल्लो राजनीतिक विकासक्रमको विषयमा छलफल गर्न शुक्रबार दिउँसो बैठक बोलाइएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

भन्सारकै गोदाममा इलेक्ट्रिक सिगरेट (भेप) साटफेर गरेर सुन तस्करी गरेको प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउ नगरेको र १०० किलो सुन प्रकरणमा पनि माओवादी नेतृत्व संलग्न भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले छानबिनको माग गर्दै निरन्तर संसद अवरुद्ध गरेको छ। हालको अनुसन्धान प्रक्रियाबाट निष्कर्षमा पुग्न नसकिने भन्दै एमाले र राप्रपाले तस्करी भएको सुन प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानवीन समिति वा न्यायिक आयोग गठन गर्नुपर्ने बताउँदै आएको छ।

उच्चस्तरीय छानवीन समिति गठनको विषयलाई लिएर सत्ता पक्षका सांसदहरु पनि पक्ष/विपक्षमा उभिएका छन्। संसद बैठकमा एमाले सांसद योगेश भट्टराईले  छानवीन समिति गठन गर्ने/ नगर्ने भन्ने विषयमा दलको ह्वीप नलगाई मतदान गराउन समेत सभामुखलाई आग्रह गर्दै आएका छन्।

सुन प्रकरणको विषय र सदनको गतिरोध हटाउन बैठकमा छलफल हुनेछ। यता गौर हत्याकाण्डका पीडितसँग सरकारले पाँच बुँदे सम्झौता गरेपछि जसपा अध्यक्ष उपेन्द्र यादवले देउवालाई भेटेर सरकार छाड्नेसम्मको चेतावनी दिएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.