कचनकवलमा खोलाले बगाउँदा वृद्धको मृत्यु

कचनकवलमा खोलाले बगाउँदा वृद्धको मृत्यु

झापा : झापाको कचनकवलमा अदुवा खोलाले बगाउँदा एक वृद्धको मृत्यु भएको छ। 

मृत्यु हुनेमा कचनकवल गाउँपालिका-१ निवासी ८० वर्षीय नरबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। प्रहरीका अनुसार बिहीबार दिउँसो साढे २ बजे खोलामा नुहाउन पसेका राईलाई खोलाले बगाएको थियो। 

खोलाले बगाएर बेपत्ता बनेका उनको खोजीका लागि तत्काल सशस्त्र, नेपाल प्रहरी र स्थानीय परिचालन भएका थिए। खोजी गर्ने क्रममा उनको शव कचनकवल-१ घेराबारीको पुल नजिक साँझ ६:२० मा फेला परेको  डीएसपी रिजालले बताए। 

बेपत्ता राईको खोजीका लागि कोसी प्रदेश प्रहरी विपद व्यवस्थापन गुल्म भद्रपुरका प्रसनि टेकवीर बिकको कमान्डमा १३ जनाको टोली उद्धार सामग्रीसहित खटिएको थियो। डीएसपी रिजालले भने,'करिब ४ घण्टापछि शव फेला पर्‍यो, शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएका छौँ।'
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.