आइतबार धारणा सार्वजनिक गर्ने

सांसद शर्मालाई पक्राउ गर्नु अनुचित : कांग्रेस

सांसद शर्मालाई पक्राउ गर्नु अनुचित : कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसले सांसद सुनिल शर्मा पक्राउबारे आइतबार धारणा सार्वजनिक गर्ने भएको छ। शुक्रबार कांग्रेस संसदीय दलको बैठकका निर्णयहरू सार्वजनिक गर्दै  प्रमुख सचेतक रमेश लेखकले शर्मा पक्राउको विषयलाई पार्टीले गम्भीरतापूर्वक लिएको र  थप अनुसन्धानपछि पार्टीको धारणा सार्वनजिक गर्ने बताए।

'यो विषयमा पार्टीले गम्भीरतापूर्वक लिएको छ,'उनले भने,' गहिराइमा अध्ययन गरेर पर्सी पार्टीको धारण सार्वजनिक गर्छौं।' बैठकमा सांसदहरुले गम्भीर ढंगले उक्त विषयलाई उठाएको भन्दै लेखकले थप छलफल गरी आइतबार बस्ने बैठकले उचित निर्णय लिने बताए।

सांसद शर्मा पक्राउ गर्नु आपत्तीजनक र अनुचित  रहेको सांसदहरुको भनाइ रहेको र बैठकले गम्भीरतापूर्वक लिएको उनको भनाइ  छ।

बिहीबार कांग्रेस संसदीय दलको कार्यसमिति बैठकले पनि शर्मा पक्राउबारे गहिराइमा अनुसन्धान गरेर पार्टीको धारणा सार्वजनिक गर्ने निर्णय गरेको थियो। 

नक्कली प्रमाणपत्र कीर्ते गरेको आरोपमा शर्मा बिहीबार पक्राउ परेका हुन्। 

बैठकले बाढी पहिरो र डुबानबाट प्रभावितहरूलाई राहत,उद्दार  र भत्किएका भौतिक संरचना पुनरनिर्माणका लागि सरकारसँग माग गर्ने निर्णय गरेको छ। ठाउँठाउँमा अवरुद्ध सडक सुचारु गर्नबारे पनि सरकारको ध्यानाकर्षण गराउनेबारे बैठकले निर्णय गरेको छ।

यसैगरी लम्पी स्कीन रोग नियन्त्रणका लागि औषधिउपचार, किसानलाई राहत र क्षतिपूर्तिका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको प्रमुख सचेतक लेखकले जानकारी दिए।

देशव्यापीरुपमा फेलिएको डेंगु र आँखा पाक्ने रोग नियन्त्रणका लागि पनि सरकारको ध्यानाकर्षण गराउने बैठकले निर्णय गरेको छ।  बैठकले तराईका केहि क्षेत्रमा प्रयाप्त वर्षा नभएका कारण रोपाइँ र खानेपानीको समेत समस्या भएकाले उचित ध्यान दिन आग्रह गरेको उनले बताए।

लेखकले जनताको सरोकारका विषयहरु अभिव्यक्ति हुने संसदलाई लगातार अवरुद्ध गर्नु आपत्तिजनक भएको जिकिर गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.