डेंगु संक्रमणबाट पाल्पामा बालिकाको मृत्यु

डेंगु संक्रमणबाट पाल्पामा बालिकाको मृत्यु
सुन्नुहोस्

तानसेन : पाल्पामा डेंगु संक्रमणबाट एक बालिकाको मृत्यु भएको छ। युनाइटेड मिसन अस्पताल तानसेन पाल्पामा उपचारको क्रममा बालिकाको मृत्यु भएको हो।

मृत्यु हुनेमा वालिङ नगरपालिका-११,स्याङजा आमडाँडाकी ११ महिनाकी बालिका रहेकी छन्। ​​​​​​​डेंगु पोजेटिभ बालिकाको उपचारका क्रममा बिहीबार मृत्यु भएको अस्पतालका मेडिकल रेकर्ड अधिकृत दोर्ण भुसालले  जानकारी दिए। 

अस्पतालमा अहिले पनि तीन जना डेंगु पोजेटिभको उपचार भइरहेको छ। साउन मात्र अस्पतालमा १८ जना डेंगु पोजेटिभ भर्ना भई उपचार गराएका छन् जसमा २ जनाको मृत्यु भइसकेको छ। डेंगु सक्रमको दर बढ्दो रहेको मिसन अस्पतालले जनाएको छ। 

यसअघि साउन २१ गते आइतबार तानसेन नगरपालिका-६, बर्तुङकी ६९ वर्षीया महिलाको डेंगु सक्रमणकै कारण अस्पतालमै उपचारका क्रममा  मृत्यु भएको थियो। मिसन, पाल्पा अस्पताल र लुम्बिनी मेडिकल कलेजमा डेंगुबाट ७० जनाभन्दा बढी व्यक्तिको संक्रमित भइसकेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.