कांग्रेस संसदीय दलको बैठक आज बस्दै

कांग्रेस संसदीय दलको बैठक आज बस्दै
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा मध्याह्न साढे १२ बजेदेखि सुरु हुने कांग्रेसले जनाएको छ। शुक्रबारबाट जारी संसदीय दलको बैठकमा बोल्न बाँकी रहेका सांसदले आज आ-आफ्नो धारणा राख्नेछन्। 

बैठकमा संसदको गतिरोध खुलाउने, सरकारले ल्याउने विधेयक, सुन तस्करी, नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरण र सरकारका पछिल्ला कामबारे छलफल हुने जनाइएको छ। तत्कालीन गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिले जेल जीवन बिताइरहेका छन्। उनको विषयमा समेत बैठकमा छलफल हुने स्रोतको भनाइ छ। यद्यपि नेपाली कांग्रेसभित्र खाणलाई कारबाही गर्ने वा नगर्नेबारे दुई धार देखिएको छ। 

आजको बैठकमा सांसदले बोलिसकेपछि कांग्रेसका पदाधिकारीसमेत रहेका सांसदले बोल्ने र त्यसपश्चात सभापति शेरबहादुर देउवाले आफ्नो धारणा राख्नेछन्।

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले बिहीबार पक्राउ गरेका सांसद सुनिल शर्माका विषयमा पनि शुक्रबार छलफल भएको थियो। उनी शुक्रबार बेलुका अदालतको आदेशपश्चात छुटेका छन्। शुक्रबारको बैठकमा सरकार कांग्रेसप्रति पूर्वाग्रही भएर आफ्ना सांसदहरूलाई विभिन्न बहानामा पक्राउ गरेको आरोप लगाएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.