सोलुमा भालुको आक्रमणबाट एक जना घाइते
सोलुखुम्बु : सोलुखुम्बुमा भालुको आक्रमणबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा सोलुदुधकुण्ड नगरपालिका ४ खोलाघारीका अन्दाजी ५१ वर्षीय निमा तामाङ रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक रामकिशोर शाहका अनुसार आज आइतबार बिहान अन्दाजी १० बजे गोठ जाने क्रममा भालुले आक्रमण गरी घाइते बनाएको हो ।
भालुको आक्रमणबाट टाउको, अनुहार, घाँटी र खुट्टामा चोट लागेका तामाङको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको प्रहरी निरीक्षक शाहले बताए।
प्रतिक्रिया दिनुहोस !
५