नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
नुवाकोट: नुवाकोटको पिपलटारमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
विदुर नगरपालिका-५ तल्लो पिपलटारस्थित सडक किनारमा रहेको कल्भर्टमा बा९१प ६६५७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा २८ वर्षीय कविन कुमालको मृत्यु भएको हो।
उनको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
अर्का घाइते ३४ वर्षीय सम्शेर कुमाललाई थप उपचारका लागि ट्रमा अस्पताल काठमाडौं पठाइएको प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिए।
मृतक कुमाल विदुरस्थित सानिमा बैंकको गाडीका चालक हुन्। शव नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा पोस्टमार्टम गरिएको छ।
प्रतिक्रिया दिनुहोस !