झापामा एक व्यक्तिको शंकास्पद मृत्यु, हत्या भएको आशंका

झापामा एक व्यक्तिको शंकास्पद मृत्यु, हत्या भएको आशंका
सुन्नुहोस्

झापा : झापामा एक व्यक्तिको शंकास्पद मृत्यु भएको छ। शवको प्रकृति हेर्दा कसैले हत्या गरी फालिएको हुन सक्ने प्रहरीको अनुमान छ। 

मेचीनगर नगरपालिका–८ निवासी ४३ वर्षीय सुन्दर किसानको शव शंकास्पद अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। 

उनको शव बिहीबार बिहान साढे ७ बजेको समयमा मेचीनगर ८ स्थित इँटाभट्टा उत्तर खोल्सा नजिककै झाडीमा फेला परेको हो। घटनास्थलमा प्रहरीले फलामे रड फेला पारेको डीएसपी रिजालले बताए। मृतक किसान हिजो बुधबार साँझ ६ बजे घरबाट निस्किएका थिए। रातभरि घर नफर्किएका श्रीमानको चप्पल घरदेखि डेढ किलोमिटर पर सडकमा उनका श्रीमतीले आज बिहान ७ बजे देखेकी थिइन्। 

चप्पल नजिकै रगत थोपाहरू देखा परेपछि उनले तत्काल प्रहरीलाई खबर गरेकी थिइन्। त्यसपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेका थिए। किसानको खोजीका लागि प्रहरीले सुनसरीको धरानबाट ‘ट्रयाकर डग’ समेत मगाएको थियो। 

‘ट्रयाकर डग’ आउनुभन्दा अघि नै किसानको शव बिहान साढे १० बजे फेला परिसकेको बताउँदै डीएसपी रिजालले भने, 'घटना शंकास्पद छ, घटनास्थलमा रड फेला परेको छ।' प्रहरीले ‘ट्रयाकर डग’मार्फत घटनाको अनुसन्धान गरेको छ। 

जिल्ला प्रहरी कार्यालय झापा र प्रदेश प्रहरी कार्यालय विराटनगरको आरआइटीको संयुक्त टोलीले अनुसन्धान गरिरहेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.