वडा कार्यालयमा आगलागी
नुवाकोट : नुवाकोटको बुङताङस्थित वडा कार्यालयमा आगलागी भएको छ। विदुरदेखि २५ किलोमिटर पश्चिममा रहेको म्यागङ गाउँपालिका २ को बुङताङस्थित कार्यालयमा आगलागी भएको हो।
कार्यालयमा आगलागी हुँदा लाखौं रूपैयाँ बराबरको नोक्सान भएको छ। रातको समयमा भएको आगलागीबाट वडा कार्यालयका दुई थान कम्प्युटर, प्रिन्टर, सम्पूर्ण कागजपत्र, दराज, कुर्सी, सोफा, छाप, दलिनसमेत गरी चार लाख रुपैया बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !