प्रशारण लाइनको टावर पहिरोको उच्च जोखिममा

प्रशारण लाइनको टावर पहिरोको उच्च जोखिममा
म्याग्दीको अन्नपूर्ण-३ फगाममा रहेको पहिरोको जोखिममा परेको प्रशारण लाइनको टावर। तस्बिर : सन्तोष गौतम
सुन्नुहोस्

बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ फगाममा रहेको २२० केभी क्षमताको प्रशारण लाइनको टावर पहिरोको उच्च जोखिममा परेको छ। 

कालीगण्डकी कोरिडोर अन्तर्गतको दाना-खुर्कोट प्रसारण लाइन आयोजनाअन्तर्गत फगामको गम्फु भन्ने ठाउँमा रहेको टावर पहिरोका कारण ढल्ने अवस्थामा छ। अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले गुइठे भिरको पहिरोसँगै टावर ढल्ने अवस्थामा रहेको जानकारी दिइन्।  

'बेनी-जोमसोम-कोरला सडकदेखि टावर रहेको जमिनसम्म पहिरो पुगिसकेको छ,’ उनले भनिन् ‘तत्काल पहिरो नियन्त्रण नगर्ने हो भने उच्च गतिको विद्युत प्रवाह भैरहेको टावर ढल्ने अवस्थामा छ।’ 

जिल्ला प्रशासन कार्यालयमार्फत् नेपाल विद्युत प्राधिकरणलाई टावरको अवस्थाको विषयमा जानकारी गराएपनि प्राधिकरणले गम्भीररूपमा नलिएको जनप्रतिनिधिले गुनासो गरेका छन्। प्रसारण लाइनको टावरदेखि तल गुइठेको भिरमा ठूलो पहिरो खसेका कारण टावर उच्च जोखिममा परेको हो। स्थानीयले त्रिपाल हालेर टावर मुनीको जमिनलाई ढाकेका छन्। टावरको वरपर पनि पहिरो खसेको छ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले विद्युत प्राधिकरणलाई पहिरोले जोखिममा परेको टावरको अवस्था जानकारी गराइसकेको बताए। पहिरो रोकथाम गरी क्षति हुन नदिनका लागि काम गर्न प्राविधिकसहितको टोली बोलाएको प्रजिअ पौडेलले बताए।  

पहिरोका कारण प्रसारण लाइनको टावर ढलेमा हुने सम्भावित दुर्घटनाका कारण स्थानीय त्रसित भएका हुन्। बेनी-जोमसोम सडकदेखि करिब सात सय मिटरमाथि टावर छ। टावर वरपरको पाखोबाट निरन्तर खसिरहेको पहिरोका कारण गुइठेमा बेनी-जोमसोम अवरुद्ध हुने गरेको बेनी-जोमसोम-कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताए।  
 
‘गुइठे, जलथले, दुवारी, खामभित्ताको करिब दुई किलोमिटर सडकमा ५० भन्दा बढी पहिरो खसेको छ,’ उनले भने ‘कालीगण्डकीको कटान र शाखा सडकबाट सिर्जना भएको पहिरोले बेनी-जोमसोम सडकमा यातायात सञ्चालन गर्न समस्या भएको छ।’भदौ २ गतेयता जलथले-दुवारी खण्डमा चार वटा डोजर परिचालन गरेर बुधबार बिहानदेखि यातायात सञ्चालन गरिएको छ। सडक खुलेपछि जलथले र दाना क्षेत्रमा रोकिएका सवारी साधनहरू गन्तब्यतर्फ लागेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.