विद्यालय भवन पहिरोको जोखिममा

विद्यालय भवन पहिरोको जोखिममा
ज्योती मण्डल माविको भवन निरीक्षण गर्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम जुग्जाली सहितको टोली । तस्बिर : सन्तोष गौतम
सुन्नुहोस्

बेनी : पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा रहेको ज्योति मण्डल माविको भवन पहिरोको जोखिममा परेको छ । चार/चार कोठे तीनवटा भवनको अगाडीको भाग भत्किएपछि जोखिम बढेको हो । भवनको डिलतर्फको भागमा निर्माण गरिएको सुख्खा र ग्यावीयन पर्खाल हालैको बर्षातका कारण भत्किएको प्रअ मेखबहादुर खत्रीले बताए ।  

गत वर्ष मात्र त्यहाँ जग्गा व्यवस्थापन गरी तीनवटा नयाँ भवन र शौचालय बनाएर विद्यालय स्थानान्तरण गरिएको थियो । कक्षा १० सम्मको पठनपाठन हुने विद्यालयमा ११० जना भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । पहिरोका कारण विद्यालय भवन पनि भत्कने र थप क्षति हुने जोखिम छ । 

पहिरो खसेर चोटपटक लाग्ने जोखिम बढेको छ। प्रअ खत्रीले पर्याप्त आर्थिक स्रोत नभएको र न्युन बजेटमा बनाएको पर्खाल पनि भत्किएर समस्या भएको बताए । यसैबीच गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले जोखिममा रहेको ज्योति मण्डल माविको भवन बाढीले पुरिएको जलजला गाउँपालिका २ को बराह ताल र जोखिममा रहेको मुलघडेरीको निरीक्षण गरेका छन् ।  

मन्त्री जुग्जालीले तत्कालीन रुपमा थप क्षति हुन नदिन पहिरोमा पानी छिर्न नदिन पाल राख्न र हिउँदमा पर्खाल पुन निर्माणका लागि अन्तर मन्त्रालय समन्वय गरेर बजेट व्यवस्थापनका लागि पहल गर्ने बताए । 

जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले पहिरोले भत्काएको पर्खालमाथी राख्ने पाल गाउँपालिकाले उपलब्ध गराउने र दिर्घकालिन समाधानका लागि प्रदेश र संघीय सरकारसँग समन्वय गर्ने बताए ।  

जलजला गाउँपालिका वडा नम्बर ५ कुवापानीको पहाडबाट खसेको पहिरोले पाँच वटा बस्ती जोखिममा परेको छ । पहाडको डिल चिरा परेर जङ्गलमा खसेको पहिरो लेदो बनेर बग्न थालेपछि सयौँ रोपनी खेतीयोग्य जमिनमा क्षति पुग्नुका साथै छ घरपरिवार विस्थापित भएका छन् ।

पाँच वटा बस्तीका एक सय भन्दा बढी घर जोखिममा परेका छन् । असार ११ गते राती कुवापानीको चिहानडाडा (सेतोपहाड)बाट खसेको पहिरो बगेर तलका बस्तीमा आएपछि जोखिम बढेको हो ।

मुलघडेरीका पदमबहादुर कार्की, रेशमबहादुर कार्की, नगेन्द कार्की, रजिन मगर, अमिर मगर र डम्मरबहादुर खत्रीका परिवार पहिरोका कारण विस्थापित भएका हुन् । उनिहरु पूर्णगाउँको नवजागरण आमा समूहको भवनमा आश्रय लिएर बसेका छन् ।

पहिरोले जलजला– २ को मुलघडेरी, पूर्णगाउँ, नेपाने, टमिलाखर्क, गौरेटो हुँदै कालीगण्डकी किनारमा रहेको म्याग्दीको गलेश्वर सम्म जोखिम बनाएको छ । मुलघडेरीमा करिब ७० रोपनी खेत र बारी पहिरोको लेदोले पुरिएर क्षति पुगेको छ । लेदोले पुरिएपछि यसपालि धान र कोदो रोपाइँ पाएका छैनन् । खेतीयोग्य जमिन बाँझै राख्नुपर्ने अवस्था आएको छ ।

मुलघडेरीका बासिन्दा र बराहताल संरक्षण समितिका पदाधीकारीले निरीक्षण गरेका थिए।  उनीहरुले मन्त्री जुग्जालीमार्फत पहिरोबाट विस्थापितको व्यवस्थापन र तालको संरक्षणका लागि सहयोग गर्न प्रदेश सरकारसँग माग गरेका थिए।

मन्त्री जुग्जालीले तीनै तहको सरकारले समन्वय गरेर पहिरोबाट क्षत्ति भएका घरको पुननिर्माण गरिने,क्षति भएको खेतियोग्य जमिन र बालीको क्षतिपुर्ति उपलब्ध गराउन पालिकाबाट सिफारिस पठाउन अनुरोध गरे ।

उनले बराह ताल र सँगै रहेका मन्दिरमा थुप्रिएको बाढी पन्छाउने तथा ताल संरक्षणमा सम्बद्ध मन्त्रालयसँग समन्वय गर्ने बताए । गाउँपालिकाका उपाध्यक्ष आचार्यले स्थानीय तहको स्रोतले भ्याए सम्मको काम गर्ने र थप स्रोत तथा योजनाका लागि प्रदेश तथा संघीय सरकारसँग पहल गरिरहेको बताए । 

 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.