हुम्लाको रिपगाड खोलामा आएको बाढीले कर्णालीको पानी थुनियो, दाइ बेपत्ता भाइको उद्दार

हुम्लाको रिपगाड खोलामा आएको बाढीले कर्णालीको पानी थुनियो, दाइ बेपत्ता भाइको उद्दार
फाइल तस्बिर।
सुन्नुहोस्

सिमकोट :  रिपगाड खोलामा आएको बाढीमा एकजना बटुवा बेपत्ता भएका छन् ।  बुधबारदेखि निरन्तर परेको वर्षाका कारण सर्केगाड गाउँपालिका २ स्थित रिपगाड खोलामा आएको बाढीले सिमकोटबाट घर फर्किदै गरेका ताँजकोट गाउँपालिकाका मनऋषी जैशी बेपत्ता भएको स्थानीय विजय फडेराले जानकारी दिए । 

ताँजकोटका ५० वर्षीय मनऋषी र उनका भाइ ४० वर्षीय धर्मदत्त जैशी खोला तर्दै गर्दा मनऋषीलाई बाढीले बगाएर बेपत्ता बनाएको हो। रिपगाड खोलामा आएको बाढीले झोलुङ्गे पुल र काठको साँघु समेत बगाएको छ।

धर्मदत्तलाई आफूले खोलाबाट उद्धार गरेर भर्खर रिप गाउँमा ल्याइएको उनीसँग रहेका रिप गाउँका एकजना स्थानीयले बताए। उनीहरू  सिमकोटबाट बिहीबार साँझ घर फर्किँदै थिए । 

बेपत्ता जैशीको खोजिका लागि रिपका स्थानीयले स्थानीय प्रहरी चौकीलाई गुहार गरेपनि वर्षा र खोलामा पानीको बहाब नघटेका कारण उद्धारमा समस्या भएको स्थानीय फडेराले जानकारी दिए । 
बाढी आएको स्थान जिल्ला सदरमुकाम सिमकोटदेखि टाढा भएकाले मौखिक खबर आएपनि घटनाको यकिन विवरण आउन केहि समय लाग्ने जिल्ला प्रकोप व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी श्रीनथा पौड्यालले बताए । 

‘बिहानैदेखि वर्षासँगको बाढीले रिपागाडमा घट्ट बगाएको खबर आएको थियो अहिले एकजना बटुवा खोलामा बेपत्ता भएको खबर आएको छ,' प्रजिअ पौड्यालले थपे, ‘रिपाबाट सर्केगाड प्रहरी चौकीका सुरक्षाकर्मी पुग्न पनि दुई घण्टा लाग्ने भएकाले यकिन विवरण आउन केहि समय लाग्छ । अहिले प्रहरीलाई घटनास्थलतर्फ पठाउने काम भइरहेको छ।'

बाढीले  रिपगाड खोलमा दुईवटा परम्परगत घट्टसहित घट्टमा पिस्न राखिएका ३० बोरा अन्न समेत बगाएको  घट्ट हेराला गएकी बासु रावतले जानकारी दिइन् ।  बिहान ७ बजेतिर अचानक खोलाबाट ठूलो आवाज आएपछि भागेर ज्यान बचाएको उनले बताइन्। 

रिपागाड खोलामा आएको बाढीले  हुम्ला कर्णालीको पानी थुनिएको छ । माथिबाटै बाढीसँगै आएको लेदोले रिपागाडमा हुम्ला कर्णालीको बहाब दश मिनेट रोकियो । कर्णालीको पानी रोकिएपछि रिपगार्डको आसपासमा  क्षेत्र डुबानमा परेको छ।

‘कर्णाली र रिपगाड खोलाको पानी बाढीसँगै आएको लेदोले रोकेपछि आसपासको जमिनमा ताल बनेको छ,' स्थानीय बिजय फडेराले भने, ‘टाढाबाट हेर्दा पुरै जमिन तलजस्तै देखिन्छ । नजिक जाने अवस्था छैन् '
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.