कर्मचारीपश्चात गाउँपालिका अध्यक्ष अख्तियारको नियन्त्रणमा

कर्मचारीपश्चात गाउँपालिका अध्यक्ष अख्तियारको नियन्त्रणमा
सुन्नुहोस्

राजविराज : सप्तरीको विष्णुपुर गाउँपालिकाका २ कर्मचारीपछि गाउँपालिका अध्यक्ष उमेश कुमार यादव अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन्।

सोलार बत्ती जडान योजनाको भुक्तानी वापत घुस माग गरी कर्मचारीलाई लिन पठाएको विषयमा सोधपुछ र अनुसन्धानका लागि नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

राजविराजस्थित गजेन्द्र चोकबाट गत साउन ३१ गते सोलार सम्बन्धी योजनामा घुसको रुपमा २ लाख रुपैयाँ नगद र ३ लाख रुपैयाँ चेक लिँदै गर्दा विष्णुपुर गाउँपालिकाका लेखापाल टेकनारायण यादव र एमआईएस अपरेटर वीरेन्द्र कुमार यादवलाई आयोगको इटहरीस्थित कार्यालयको टोलीले पक्राउ गरेको थियो। 

वार्गेनिङ्ग पश्चात ५ लाख रुपैयाँमा कुरा टुँगिएको र नगदै माँग गरेकोमा सेवाग्राहीले २ लाख रुपैयाँ मात्र नगद जम्मा गर्न सकेको भनेपछि ३ लाख रुपैयाँको चेक दिने सहमति भएको थियो। उक्त रकम लिन अध्यक्षले नै कर्मचारीहरूलाई पठाएको बताइएको छ। घुस लिनेदिने ठाउँमा गाउँपालिकासँग सम्बन्धित अन्य व्यक्तिहरू पनि रहेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। तर उनीहरू घुस लिन, दिन वा अन्य कामले गएका हुन यकिन भएको छैन्।

सोही प्रकरणमा सोधपुछ र बयानका लागि पालिका अध्यक्ष यादवलाई नियन्त्रणमा लिएपछि उनी विरामी परेर काठमाडौंकै अस्पतालमा उपचाररत रहेको आयोगका प्रवक्ता भोला दाहालले अन्नपूर्णकर्मीलाई फोनमा जानकारी दिएका छन्।

यसअघि अख्तियारको कारबाहीमा सप्तरीका २ नगर प्रमुख परिसकेका छन्। राजविराजस्थित रंगशाला खेलमैदान स्तरोन्नति कार्यमा अनियमितता गरेको भन्दै अख्तियारले निर्माण कम्पनी न्यू गहिल कन्स्ट्रक्सनका सञ्चालकको हैसियतमा राजविराज नगरपालिकाका नगरप्रमुख भिमराज यादवमाथि विशेष अदालतमा आरोपपत्र दायर गरेपछि भिमराज निलम्बित भएका थिए। 

पदभार ग्रहण गरेको दुई महिना नपुग्दै २०७९ असार २९ गते राजविराज नगरपालिकाका नगर प्रमुख भिमराज माथि आयोगले मुद्दा दायर गरेको थियो। गत साउन ३२ गते विशेष अदालतले भिमराजमाथिको आरोपमा दोषी ठहर गर्दै जरिवानासमेत गरेको छ। 

यस्तै शम्भुनाथ नगरपालिकाका नगर प्रमुख जितेन्द्र प्रसाद गुप्ता र इञ्जिनियर रामचन्द्र साह विरुद्ध फागुन १७ गते अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। अख्तियारले एक लाख ४० हजार रुपैयाँ घुस लिएको भन्दै प्रमुख गुप्ता र सोही नगरपालिकाका इन्जिनियर साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। विद्यालयको सभाकक्ष निर्माणको अन्तिम बिल भुक्तानी गर्न सेवाग्राहीबाट १ लाख ४० हजार घुस लिएको अवस्थामा गत माघ ३ गते इन्जिनियर साह कार्यकक्षबाटै पक्राउ परेका थिए।

आयोगका प्रवक्ता दाहालले नगरप्रमुख गुप्ता र इञ्जिनियर साहबीचको आपसी योजना तथा मिलोमतोमा घुस रकम लिएको पुष्टि भएको दावी गर्दै उनीहरूलाई कैद र बिगोबमोजिम जरिवानाको मागदावी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेपछि गुप्ता पनि निलम्बित अवस्थामा छन्।

स्थानीय तह २०७४ को निर्वाचनमा झिनो मतान्तरले पराजित उमेश, भिमराज र गुप्ता २०७९ को निर्वाचनमा नगर प्रमुखमा निर्वाचित भएका थिए। उमेश र भिमराज यादव जसपा नेपालबाट र गुप्ता नेकपा एकीकृत समाजवार्दीबाट निर्वाचित भएका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.